Comments Add Comment

फिल्म र म्युजिक भिडियोमा रियल जोडीको बोलबाला

पछिल्लो समय नेपाली चलचित्र र म्यूजिक भिडियोमा रियल लाइफ जोडीलाई खेलाउने ट्रेन्ड बढ्दै गएको छ । रियल जोडीलाई स्त्रिmनमा दर्शकले एकसाथ हेर्न चाहन्छन् भन्ने बुझाईले गर्दा यो ट्रेन्ड बढेको हो ।

आयूष्मान देशराज जोशी खासै चलेका अभिनेता होइनन् । तर, नायिका प्रियंका कार्कीसँग प्रेममा परेपछि उनको व्यस्तता बढेको देखिन्छ ।
आयुष्मान र प्रियंकाले चलचित्र मात्र होइन म्यूजिक भिडियोमा पनि एकसाथ काम गरिरहेका छन् । चलचित्र ‘कथा काठमाण्डु’ मा एकसाथ काम गरेको यो जोडी अब ‘चङ्गाचेट’ र ‘एउटा यस्तो प्रेम कहानी’ मा देखिदैछ । प्रियंकाको अभिनय रहेको चलचित्र ‘छक्का पन्जा २’ मा पनि आयुष्मानले केमियो भूमिका गरेका थिए ।

हुनत, आयुष्मान र प्रियंकालाई राख्दा चलचित्र र भिडियोको चर्चा बढी हुन्छ भन्ने लोभ निर्मातामा पनि होला । तर, प्रियंकाले आफ्ना चलचित्र तथा म्युजिक भिडियोमा आयूष्मानलाई सिफारिश गर्ने गरेको पाइन्छ ।

नायक पल शाह र नायिका आँचल शर्माबीच प्रेम रहेको चर्चा लामो समयदेखि चल्दै आएको छ । यद्यपि, उनीहरुले आफूहरुलाई राम्रो साथी मात्र बताउँछन् । यो जोडी फिल्म र म्युजिक भिडियोमा हिट छ । म्यूजिक भिडियोमा त उनीहरुको एक किसिमले बोलबाला नै छ ।

पल र आँचलले आजसम्म एकसाथ ४-४ वटा चलचित्रमा काम गरेका छन्, त्यसमध्ये ३ वटा चलचित्रमा उनीहरु सँगै छन् । मिडियामा अत्याधिक धेरै गसिप आएपछि यी दुईले अब तत्काल नयाँ चलचित्र एकसाथ नगर्ने सोच बनाएको वुझिन्छ ।

नायक सौगात मल्लकै कारणले उनकी रियल लाइफ प्रेमिका श्रृष्टी श्रेष्ठले चलचित्र ‘लालपूर्जा’मा विशेष भूमिकामा काम गरिन् । तर, अब यो जोडी पनि एकसाथ देखिन तयार भएको छ । यी दुइले काम गर्न लागेको चलचित्र ‘मासु भात’को छायांकन चाडै नै सुरु हुँदैछ । नामकै कारण यो चलचित्र अहिले चर्चामा छ ।

दुबैले अस्विकार गरेपनि निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माको पनि प्रेम चर्चा हुने गर्दछ । सुदर्शनको चलचित्रमा पूजा मात्र हुनुले पनि यो कुरालाई बल मिलेको छ । पूजाविना सुदर्शनले चलचित्र नबनाउँदा अन्य नायिकाले उनीसँग काम गर्न पाएका छैनन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment