+

ओजिलको दाबी अतिशयोक्तिपूर्ण छः प्रशिक्षक लो

२०७५ भदौ  १३ गते १९:०० २०७५ भदौ १३ गते १९:००
ओजिलको दाबी अतिशयोक्तिपूर्ण छः प्रशिक्षक लो

काठमाडौं । जर्मन प्रशिक्षक जोचिम लोले राष्ट्रिय टिममा रहँदा रंगभेदी व्यवहार भएको मेसुट ओजिलको दाबी अतिशयोक्तिपूर्ण भएको बताएका छन् ।

आर्सनलका मिडफिल्डर ओजिलले हालै मात्र अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएपछि टर्कीस मुललाई लिएर रंगभेदी र र अनादरपूर्ण व्यवहार भएको ओजिलले बताएका थिए ।

लो ले भने आफ्नो कार्यकालमा रंगभेदको कुनै संकेत समेत नदेखिएको दाबी गरेका छन् । ‘रंगभेदको दाबी अतिशयोक्तिपूर्ण छ’ उनले भने ।

विश्वकप अघि टर्कीका राष्ट्रपतिसँग खिचेको फोटोलाई लिएर ओजिलको आलोचना भएको थियो । विश्वकपमा खराब प्रदर्शनपछि धम्कीहरु पनि आए ।

लोले भने, ‘मेरो इच्छा विश्वकपको राम्रो तयारी गनु थियो । तर, यो विषयले हामी समय आयो ।’

यद्यपि विश्वकपमा राम्रो प्रदर्शन गर्न नसक्नुको कारण यो हुन नसक्ने उनले बताए ।

ओजिलले अन्तराष्ट्रिय फुटबल छाड्दा आफूसँग सम्वाद नै नगरेको प्रशिक्षक लोको गुनासो छ । अरु खेलाडीले यस्तो नगरेको भन्दै उनले भने, ‘ओजिलको शैली फरक रहृयो । मैले फोन र म्यासेजमार्फत उनीसम्म पुग्न खोजे तर, सम्भव भएन । मैले त्यसलाई स्वीकार गरेँ ।’

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय