Comments Add Comment

कपाल बाक्लो र मुलायम बनाउने हो ? डिम्पल कपाडियाबाट सिकौं

कपाल, समग्र सौन्दर्यको अभिन्न हिस्सा । कपाल रुखो, सुख्खा, पातलो छ भने कस्तो होला ? तपाईंलाई आफ्नो बान्की मिलाउन पक्कै गाह्रो हुन्छ ।
कपाल बाग्लो र मुलायम होस्, तब पो व्यक्तित्व पनि आकर्षक देखिन्छ । अब कसरी बनाउने त बाग्लो र मुलायम कपाल ?

यसका लागि बलिउड अभिनेत्री डिम्पल कपाडियालाई आफ्नो आदर्श बनाउनुहोस् । डिम्पल, जो ८० -९० दशककी चर्चित नायिकामध्येकी एक डिम्पल त्यसबेला अभिनयका कारण जति चर्चामा थिइन्, उनको सुन्दरता र बाक्लो कपालका कारण उनलाई मन पराउने मानिसहरुको भीड उत्ति नै धेरै थियो । अझ उनको कपाल मन नपराउने त कमै थिए होलान् ।आज डिम्पल उमेरले ६० वर्ष नाघिसकिन् । यद्यपी, उनको बाउन्सी हेयर स्टाइलको चर्चा आज पनि देश विदेशमा उत्तिकै छ । आखिर, डिम्पलको सुन्दर कपालको राज के हो ? जसबारे डिम्पलले धेरै अन्तर्वातामा जानकारी दिइसकेकी छिन् ।

डिम्पलको सुन्दर तथा आर्कषक कपालको सेक्रेट

डिम्पल आˆनो कपाल सुन्दर हुनुमा कुनै विशेष कारण नभई कपालको एक्स्ट्रा कियर रहेको बताएकी छिन् । उनी भन्छिन्, हेल्दी डाइट र स्वस्थ जीवनशैली अपनाएको खण्डमा त्यसको असर शरीरको प्रत्येक अंगमा देखिने गर्छ । शायद मेरो कपालको सेक्रेट पनि यही हो’ । यति मात्र हैन, डिम्पलले कपालमा बेलाबेलामा तेल लगाउन समेत सुझाव दिने गरेकी छिन् । जबकी उनी रेगुलर स्याम्पू नगर्न सल्लाह दिन्छिन् ।

यी उपाय पनि छन् कपालको लागि प्रभावकारी

-कपाललाई स्वस्थ राख्नका लागि दिनमा कम्तीमा दुई देखि तीन पटक कपाल कोर्न जरुरी छ । कपाल कोर्नाले कपालमा चाया पर्दैन । साथै, यसले कपालमा भएको फोहर निकाल्न पनि मद्दत गर्छ ।

-कपाल कलर गर्नका लागि साधा पानीको सट्टा चियापत्ति हालेको पानी वा कफीवाला पानीको प्रयोग गर्न सकिन्छ ।

-कपाल कन्डिसनिङ्ग गर्नका लागि कपालमा दह, अण्डा, कागती इत्यादीको समेत प्रयोग गर्न सकिन्छ ।

-अमिलो दहीमा थोरै फिटकिरी र थोरै बेसार मिसाएर कपालमा लगाउनाले कपालमा चमक आउनुका साथै कपाल सम्बन्धि संक्रमण समेत हटेर जान्छ ।

-सातामा कम्तीमा एक पटक जैतुलको तेलद्धारा कपाल मालिस गर्नाले कपालको जरा ब लियो हुन्छ ।

-नुहाएको कपालमा मेहेन्दी पिसेर कपालमा लगाउनाले पनि कपााल मजबुत हुने गर्छ ।

-सातामा कम्तीमा दुई पटक कपाल धुनाले कपालमा भएको फोहर हटेर जान्छ ।

-कपालमा चाया परेमा रुमाललाई तातो पानीमा भिजाएर कपालमा बाफ दिन सकिन्छ ।

-एक पटक प्रयोग भैसकेको चियापत्तिलाई थोरै पानीमा उमालेर चिसो भएपछि यसलाई कपालमा लगाउने कपाल मजबुत हुने गर्छ ।

-बेसनलाई पानीमा घोलेर त्यसको लेप कपालमा लगाएर कम्तीमा एक घण्टा राख्नाले पनि कपाल चम्किलो हुन्छ ।

-कपाललाई सुन्दर तथा चम्किलो बनाउन खानामा चिल्लो वा प्रोटिनको मात्रा बढाउनु पर्छ । ताजा फलफुल तथा तरकारीद्धारा पनि प्रोटिन तथा फ्याट प्राप्त गर्न सकिन्छ ।

-कपालमा चमक ल्याउन तथा र्झनबाट बचाउनका लागि सरस्यू वा जैतुनको तेलमा कागतीको रस मिसाएर कपालको जरामा लगाउनु पर्छ । यसलाई कम्तीमा तीन घण्टा राखेर कपाल धुनु पर्छ । यसले पनि कपाल रुखो हुन दिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment