Comments Add Comment

नेपाललाई सुरुअाती झड्का, ज्ञानेन्द्र ४ रनमा आउट

१४ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगितामा युएईले दिएको २५५ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेपालले खराब सुरुअात गरेको छ ।

नेपालले पहिलो ओभरमा नै उपकप्तान ज्ञानेन्द्र मल्ललाई ४ रनमा गुमाएको छ । आफ्नो पहिलो विकेट गुमाएसँगै नेपाल दबाबमा आएको छ । अहिले क्रिजमा कप्तान पारस खड्का र सुवास खकुरेल रहेका छन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको थियो ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा युएईले उत्कृष्ट सुरुअात गरेको थियो । युएईका लागि चिराग सुरीले ६५, एड्नान मुफ्तीले अविजित ५७, अश्फाक अहमदले ४५ र र रमिज शाहजादले ३६ रन बनाए ।

सन्दीपले पूरै १० ओभर बलिङ गर्दै २ ओभर मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिन सफल भए । त्यस्तै, नेपालका लागि बसन्त रेग्मी र सोमपाल कामीले समान २-२ विकेट लिए । बसन्तले १० ओभर बलिङ गर्दै ४९ रन खर्चेर २ विकेट लिए । सोमपालले १० ओभर बलिङ गर्दै ५८ रन खर्चेर २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment