Comments Add Comment

नेपालको छैटौ विकेट पतन, करण शून्यमै आउट

१४ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगितामा युएईले दिएको २५५ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेपालले छैटौं विकेट पनि गुमाएको छ ।

नेपालले ३३.१ ओभरमा आरिफ शेखलाई ३ रनमा गुमाएको थियो । ३३.२ ओभरमा करण केसी शून्य रनमै आउट भए । अहमद राजाले यो ओभरमा २ विकेट लिएसँगै नेपाल पूरै दबाबमा आएको छ । उनले नेपालको महत्वपूर्ण ४ विकेट लिइसकेका छन् ।

यसअघि नेपालका लागि ओपनर सुवास खकुरेलले अर्धशतक बनाएर आउट भए । उनले ९३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक बनाएका थिए ।

नेपालले कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र सागर पुनलाई सस्तैमा गुमाएको हो । नेपालले कप्तान पारसले १६, उपकप्तान ज्ञानेन्द्रले ४ र सागरले ३ रन बनाएर आउट भए ।

टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको थियो ।

मलेसियाको राजधानी क्वालालाम्पुरस्थित किनरारा एकेडेमी ओभलमा युएईले उत्कृष्ट सुरुवात गरेको थियो । युएईका लागि चिराग सुरीले ६५, एड्नान मुफ्तीले अविजित ५७, अश्फाक अहमदले ४५ र र रमिज शाहजादले ३६ रन बनाए ।

सन्दीपले पूरै १० ओभर बलिङ गर्दै २ ओभर मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिन सफल भए । त्यस्तै, नेपालका लागि बसन्त रेग्मी र सोमपाल कामीले समान २-२ विकेट लिए । बसन्तले १० ओभर बलिङ गर्दै ४९ रन खर्चेर २ विकेट लिए । सोमपालले १० ओभर बलिङ गर्दै ५८ रन खर्चेर २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment