+
+
Shares

सैन्य अभ्यास कुनै देशविरुद्ध लक्षित छैन : परराष्ट्रमन्त्री ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १५ गते १४:२४

१५ भदौ, काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मलेनपछि हुने संयुक्त सैन्य अभ्यास कुनै देशविरुद्ध लक्षित नभएको बताएका छन् ।

बिमस्टेकको घोषणापत्रबारे जानकारी दिन शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले सैन्य अभ्यास प्राकृतिक प्रकोप उद्धारका लागि मात्रै गर्न लागिएको बताएका हुन ।

सैन्य अभ्यासलाई भारतले सामरिक रणनीति बनाएको चर्चा चलिरहेका बेला परराष्ट्र मन्त्री ज्ञवालीको यस्तो धारणा सार्वजनिक भएको हो ।

बहुदेशीय फिल्ड ट्रेनिङ माइलेक्स भदौ २५ देखि ३१ गतेसम्म भारतको पुणेमा हुन लागेको हो । सैन्य अभ्यास कार्यक्रमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यान्मार र थाइल्याण्डका ३०/३० सैन्य अधिकारीले सहभागिता जनाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?