Comments Add Comment

छोटो कपडामा सेल्फी, कति सही कति गलत

नेपालीमा एउटा उखान छ, ‘बाँदरलाई भर्‍याङ ।’ अहिले डिजिटल पुस्तालाई स्मार्टफोन र त्यसले उपलब्ध गराएको फिचर ‘सेल्फी’ बाँदरलाई भर्‍याङ भएको छ ।

जब स्मार्टफोन हातमा हुन्छ, खासगरी तन्नेरीहरु ओंठ चुच्चो बनाएर सेल्फी पोजमा तैनाथ भइहाल्छन् । उनीहरुमाझ सेल्फीको क्रेज कतिसम्म छ भने, यसकै लागि उनीहरु आफुलाई जस्तोसुकै गेटअपमा उतार्न पछि पर्दैनन् । अझ भनौ सेल्फीलाई लिएर उनीहरुबीच एक किसिमको जुहारी नै चल्छ ।

सेल्फी खिच्नु वैशालु उमेरको लहड मान्न सकिएला । त्यसलाई नराम्रो भन्ने वा बन्देज गर्ने कुरा आउँदैन । तर, सेल्फी खिच्ने नाममा शरीर देखिने छोटो कपडा पहिरिनु भने पक्कैपनि जटिल विषय हो । किनकी युवतीहरुले आफूले खिचेको यस्ता सेल्फी फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा अपलोड नगरेसम्म उनीहरुलाई चित्त बुझ्दैन । साथै, त्यसमा लाइक तथा कमेन्ट्स नआउञ्जेल पनि उनीहरुलाई धर हुँदैन । उनीहरु सोच्छन्, यस्ता फोटोमा लाइक तथा कमेन्टस् आउनु भनेको साथीभाई बीच चर्चित हुनु हो ।

तर साथीभाईबीच चर्चा कमाउने नाममा यस्ता सेल्फीहरु सामाजिक सञ्जालमा अपलोड हुदाँ यसले बेलाबेलामा युवतीमाझ जोखिम पनि निम्त्याउने गर्छ ।

विशेषगरी, पछिल्लो समय छोटो लुगाामा खिचिएको सेल्फीकै कारण समाजमा विभिन्न अपराधका घटनाहरु समेत बढ्दै गएका छन् । कतिपय अवस्थामा त यस्ता सेल्फीकै कारण वैवाहिक सम्बन्धमा समेत फाटो आएको छ भने हुन लागेको विवाह समेत टुटेको छ । अझ भनौ , कयौ युवतीहरुका लागि यस्ता सेल्फी पछि गएर गलाको पासो बनेको उदाहरण समेत हामीमाझ प्रशस्तै छन् ।

सेल्फी लिदा विशेष कुरामा ध्यान दिने

छोटो कपडा नलगाउने

सेल्फी खिच्दा धेरै युवती छोटो कपडा लगाउन रुचाउँछन् । जबकी कतिपय अवस्थामा छोटो कपडा नै महिलाहरुको लागि गलाको पासो बन्न सक्छ ।  त्यसैले, सेल्फी खिच्दा यस्तो लुगाको प्रयोग गर्नु गर्छ, जुन हेर्दा सिम्पल हुनुका साथै शरीर ढाकिने किसिमको होस् । जुन शरीर सुहाउदो होस् ।

एकान्तमा सेल्फी लिदाँ विशेष ध्यान दिने

धेरैजसो महिलाहरु सेल्फी लिन भनेपछि मरिहत्ते गर्छन् । सेल्फी लिने क्रममा उनीहरु यो समेत विर्सन्छन् , कि, म कोसित सेल्फी लिदै छु ? त्यसैले, हरेक पल्ट सेल्फी लिदा म कोसित सेल्फी खिच्दैछु र कहाँ बसेर सेल्फी खिच्दैछु भन्ने कुरा जान्न आवश्यक छ । अन्यथा, एकान्तमा, त्यो पनि छोटो लुगा ब्इफ्रेण्डसित सेल्फी खिच्दा कुन बेला कस्तो अवस्था आईपर्छ थाहा नहुन सक्छ ।

आवश्यक्ता भन्दा विश्वास, हुनसक्छ घातक

प्रायगरी युवतीहरु आफ्नो वायफ्रेण्ड प्रति आवश्यक्ता भन्दा बढी विश्वास गर्छन् । र, व्याइफ्रेण्डका हरेक कुरा उनीहरुलाई सत्य लाग्ने गर्छ । त्यसैले त, आजकलका युवतीहरु आफ्नो व्याईफ्रण्डसित अंकमल गरेर, चिप्किएर विभिन्न पोजमा फोटो खिच्ने गर्छन् ।

जबकी आˆनो प्रेमिकासित मिठोमिठो कुरा गर्ने सबै युवक जिम्मेवार तथा सिरियस नहुन सक्छन् । र, उनीहरुले कुनै पनि बेला तपाईलाई धोका दिन सक्छन् । त्यसैले, व्याईफ्रेण्ड भन्दैमा  उसलाई आफ्नो सर्वस्व दिनु उचित नहुनसक्छ ।

आपनो फोनबाट मात्रै सेल्फी लिने

सेल्फी लिदाँ जहिलेपनि आˆनै फोनको मात्र प्रयोग गरौ । व्याईफ्रेण्डको मोबाइलबाट कदापी सेल्फी नखिचौ । साथै, वायफ्रेण्डलाई आफ्नो सेल्फी ह्वाट्एप पनि नगरौ । किनकी कहिलेकाही आवेग तथा व्यक्तिगत रिसइविईका कारण त्यस्ता सेल्फी भाइरल हुनसक्दछ । जसका कारण समाजमा तपाईको प्रतिष्ठामा आँच पुग्न सक्छ ।

आफूभन्दा ठूलासित कुरा नलुकाउने

तपाई के गर्दै हुनुहुन्छ? कहाँ जादै हुनुहुन्छ ? कोसित जाँदै हुनुहुन्छ ? तथा कोसित सेल्फी खिच्दै हुनुहुन्छ भन्ने कुरा आˆना अभिभावकलाई बताउन जरुरी छ । ता कि उनीहरुले तपाई सही सुझाव दिन सकुन । किनकी तपाईको बारेमा तपाईलाई भन्दा तपाईको  अभिभावकलाई धेरै कुरा थाहा हुन्छ । उनीहरुले नै तपाईको लागि के सही हो र के गलत हो भन्ने कुरा छुट्याउन सक्छन् । र, सल्लाह, सुझाव पनि त्यसै अनुसार दिनुका साथै आवश्यक परेको खण्डमा जटिल भन्दा जटिल समस्याबाट पनि उनीहरुले नै तपाईलाई बाहिर निकाल्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment