Comments Add Comment

श्रीलंकाका राष्ट्रपति लुम्बिनीमा

१६ भदौ, बुटवल । श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना बुद्धजन्मस्थल लुम्बिनी भ्रमणका लागि आएका छन् । बिमस्टेक सम्मेलनमा भाग लिन आएका राष्ट्रपति सिरिसेना शनिबार चार्टर्ड विमानबाट भैरहवा विमानस्थल र त्यहाँबाट हेलिकोप्टर चढेर लुम्बिनी आइपुगेका हुन् ।

राष्ट्रपति सिरिसेनालाई प्रदेश ५ प्रमुख उमाकान्त झा, प्रदेश ५ का पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री लिला गिरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी लगायतले स्वागत गरेका थिए ।

लुम्बिनी आएलगत्तै राष्ट्रपति सिरिसेनाले साढे ११ बजे मायादेवी मन्दिरको दर्शन र प्रार्थना गरेका छन् । यसलगत्तै उनले लुम्बिनी विकास कोषको गुरुयोजनाबारे जानकारी लिनेछन् । त्यसपछि लुम्बिनीस्थित श्रीलंकन मन्दिरमा पनि जाने कार्यक्रम रहेको छ ।

श्रीलंकाका राष्ट्रपतिको सुरक्षालाई मध्यनजर गर्दै रुपन्देही जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । सिरिसेना आजै साढे तीन बजे काठमाडौं फर्किने छन् ।

लुम्बिनी भ्रमण गर्ने तेस्रो मुलुकमध्ये श्रीलंकाका पर्यटकको संखया सबैभन्दा बढी हुने गरेको छ । यसअघि बिमस्टेक सम्मेलनमा भाग लिन आएका म्यानमारका राष्ट्रपति विन पिन्टले पनि लुम्बिनी भ्रमण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment