Comments Add Comment

एसिया कपका लागि भारतीय टिम घोषणा, कोहलीलाई आराम दिइयो

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले एसिया कप क्रिकेटका लागि टिम घोषणा गरेको छ ।

नियमित कप्तान विराट कोहलीलाई आराम दिइएको छ भने रोहित शर्मालाई कप्तान र शिखर धवनलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । मुख्य चयनकर्ता एमएसके प्रसादले भने, ‘धेरै म्याचको बोझलाई ध्यान दिँदै विराटलाई आराम दिइएको छ ।’

१६ सदस्यीय भारतीय टिममा मनिष पाण्डे, केदार जाधव, अम्बाती रायडू र भुवनेश्वर कुमार पनि छन् । महेन्द्र सिंह धोनीका साथै विकेट किपर ब्याट्सम्यानका रुपमा दिनेश कार्तिक पनि छन् ।

एसिया कप १५ सेप्टेम्बरबाट यूएईमा हुनेछ । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानका साथै छनोट प्रतियोगिताको विजेताले एसिया कप खेल्नेछन् ।

मलेसियामा जारी छनोट प्रतियोगितामा नेपाल पनि खेलिरहेको छ । सुरुवाती दुई खेल गुमाएको नेपालले शनिबार मलेसियालाई हराउँदै फाइनलको सम्भावना जिवितै राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment