Comments Add Comment

अनमोलको कन्सर्टमा ‘ए मेरो हजुर ३’को सुटिङ, प्ले कार्ड बोकेर पुगिन् सुहाना

शनिबार पोखराको विन्ध्ववासिनी मन्दिरमा शुभसाइत गरिएको चलचित्र ‘ए मेरो हजुर ३’को छायांकन पोखरामा आयोजना भएको ‘अनमोल इभ’मा गरिएको छ ।

अनलाइनखबरलाई प्राप्त भिडियो फुटेजमा चलचित्रकी मुख्य नायिका सुहाना थापा अनमोलको कन्सर्ट हेर्न पुगेकी छिन् र उनीसँगै गीत गाएकी छिन् । अनमोलले बुटवलपछि पोखराको कन्सर्टमा पनि गीत गाएका थिए । उनको गीतमा ५ हजार भन्दा बढी पोखरेली दर्शक झुमेका थिए ।

निर्देशक झरना थापाले चलचित्रको छायांकन सुरु भएको र रेगुलर छायांकन भने असोज ५ गतेबाट गर्ने बताएकी थिइन् । सुनिल कुमार थापाले यो चलचित्रको निर्माण गरिरहेका छन् ।

अनमोलको कन्सर्टमा सुहानासँगै दर्जन यूवती उनको तस्बिर अंकित प्ले कार्ड लिएर पुगेका थिए । उनीहरुलाई पनि चलचित्रको पर्दामा देख्न पाइनेछ ।

यो चलचित्र म्यूजिकल लभ स्टोरी कथामा निर्माण हुँदैछ । निर्माणपक्षले खुलाउन नचाहेपनि चलचित्रमा नायक अनमोल केसी सांगीतिक क्षेत्रमा लागेको कलाकर्मीको भूमिकामा देखिन लागेको वुझन् सकिन्छ । चैत्र २९ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment