Comments Add Comment

इंग्ल्यान्डले दियो २४५ रनको लक्ष्य, भारतको खराब जवाफी ब्याटिङ

१७ भदौ, काठमाडौं । चौथो टेष्ट खेलमा घरेलु टिम इंग्ल्यान्डले भारतलाई २४५ रनको लक्ष्य पेश गरेको छ । चौथो दिन नै जवाफी ब्याटिङ थालेको पाहुना टोली भारतले खराब सुरुवात गरेको छ ।

भारतले ९ ओभरमै २३ रन बनाएर आफ्नो महत्वपूर्ण ३ विकेट गुमाइसकेको छ । भारतले ३.१ ओभरमा पहिलो विकेटको रुपमा ओपनर ब्याट्सम्यान लोकेश राहुललाई शून्यमै गुमाएको थियो । त्यस्तै, ७ ओभरको खेल सकिँदा चेतेश्वर पुजरालाई ५ रनमा गुमायो । ८.३ ओभरमा २२ रन बनाउँदा भारतले तेस्रो विकेटको रुपमा ओपनर शिखर धवनलाई १७ रनमा गुमाएको छ ।

चुनौती सानो भए पनि सुरुवातमै विकेट गुमाएपछि भारत दबाबमा आएको छ ।

यसअघि इंग्ल्यान्डले आफ्नो दोस्रो इनिङ्समा २७१ रनमा सबै विकेट गुमाएसँगै भारतले २४५ रनको लक्ष्य पाएको हो । इंग्ल्यान्डका लागि दोस्रो इनिङ्समा जोस बट्लरले ६९ रन बनाएका थिए । त्यस्तै, कप्तान जोइ रुटले ४८ र साम कुरानले ४६ रन बनाए । इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा भारतका मोहम्मद सामीले ४ विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले आफ्नो पहिलो इनिङ्समा २४६ रन बनाउँदा सबै विकेट गुमाएको थियो । इंग्ल्यान्डका लागि साम कुरानले ७८ र मोइन अलीले ४० रन बनाएका थिए । शीर्ष स्थानका ब्याट्सम्यानले राम्रो रन बनाउन नसक्दा सामान्य स्कोरमै इंग्ल्यान्ड मै रोकिएको थियो ।

यता, भारतले आफ्नो पहिलो इनिङ्समा सबै विकेटको क्षतिमा २७३ रन बनाएको थियो । भारतका लागि चेतेश्वर पुजाराले अविजित शतकीय पारी खेले । उनले १३२ रन बनाए भने कप्तान विराट कोहलीले ४६ रनको योगदान दिएका थिए ।

बलिङतर्फ इंग्ल्यान्डका मोइन अलीले ५ र स्टुआर्ट ब्रोर्डले ३ विकेट लिए । ५ खेलको टेष्ट क्रिकेट शृंखलामा इंग्ल्यान्ड २-१ ले अघि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment