+
+
Shares

कांग्रेस विधान संशोधन मस्यौदा समितिद्वारा तीन उपसमिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १७ गते १७:३९

१७ भदौ, काठमाडौं । कांग्रेसको केन्द्रीय विधान संशोधन मस्यौदा समितिले तीनवटा उपसमितिहरु गठन गरेको छ ।

र्फमुल्ला मंसुरको संयोजकत्वमा चार सदस्यीय संरचना सम्बन्धी उपसमिति, डा. मिनेन्द्र रिजालको संयोजकत्वमा कार्य विभाजन सम्बन्धी उपसमिति र मानबहादुर विश्वकर्माको संयोजकत्वमा अन्य निकाय तथा आन्तरिक व्यवस्थापन सम्बन्धी उपसमिति गठन गरेको हो ।

संरचना सम्बन्धी उपसमितिको सदस्यहरु आनन्दप्रसाद ढुगांना, नविन्द्रराज जोशी र महालक्ष्मी डिना छन् भने कार्य विभाजन सम्बन्धी उपसमितिको सदस्यमा दिलेन्द्रप्रसाद बडू, सीता गुरुङ र मदनबहादुर अमात्य रहेका छन् ।

यस्तै अन्य निकाय तथा आन्तरिक व्यवस्थापन सम्बन्धि उपसमिति रमेश लेखक, प्रदीप पौडेल र अमरसिंह पुन रहेका छन् ।

उपसमितिलार्इ सात दिनभित्र (भाद्र २३ गतेभित्र) प्रारम्भिक मस्यौदा तयार गरी मुल समितिमा पेश गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?