
२० वैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीबाट बर्खास्तीमा परेका नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङ (कान्छाराम) बारे पार्टी बैठकमा प्रश्न उठेको छ ।
तामाङबारे शनिबार दिउँसो बसेको पार्टीका संसदीय दलको बैठकमा मोरङ जिल्ला सभापति समेत रहेका सांसद डिग बहादुर लिम्बुले प्रश्न उठाएका थिए ।
बैठकमा सहभागी एक सांसदका अनुसार, दुवै दल सरकारमा भएको बेलामा कांग्रेसले नै फिर्ता बोलाउन छाडेर प्रधानमन्त्रीले बर्खास्त गर्न मिल्छ ? भन्दै प्रश्न गरेका थिए ।
‘हामी एमाले कांग्रेस मिलेर सरकार बनेको छ । फिर्ता गर्नुपर्ने पार्टीले हो,’ लिम्बुले बैठकमा भनेको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘हामीले फिर्ता बोलाउनुपर्ने हो, प्रधानमन्त्रीले सिधै बर्खास्त गर्न मिल्छ र ?’
गत १० वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्रीबाट कांग्रेसकै नेता तामाङलाई बर्खास्त गरेका थिए ।
सो ठाउँमा कांग्रेसकै सांसद खमबहादुर गर्बुजालाई नियुक्त गरिएको छ ।
प्रतिक्रिया 4