+
+

होङ्सी शिवममा एनएमबी बैंकको नेतृत्वमा १६ अर्ब लगानी

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १९ गते ११:३०

१९ भदौ, काठमाडौं । नेपालको शिवम् सिमेन्ट र चीनको होङ्सी सिमेन्टको संयुक्त लगानीमा सञ्चालनमा आएको होङसी शिवम् सिमेन्टमा ५ बैंकहरुले १६ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् । नेपालकै सबैभन्दा ठूलो उद्योगको रुपमा स्थापना भएको उक्त सिमेन्ट उद्योगमा लगानी गर्न सोमबार राजधानीमा एनएमबी बैंकको नेतृत्वमा बैंकहरु तयार भएका हुन् ।

सोमबार आयोजित विशेष समारोहकाबीच उद्योगमा लगानी गर्न समझादारी पत्रमा हस्ताक्षर भएको छ । एनएबी बैंकको नेतृत्वमा नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, एभरेष्ट बैंक र नेपाल एसबीआई बैंकले लगानी गर्ने भएका हुन् ।

उद्योग ३६ अर्ब रुपैयाँ लगानीमा स्थापना भएको हो । उद्योगका लागि २ चिनियाँ बैंक नेपाली बैंकका लागि बैंक ग्यारेण्टीमा बसेको बताइएको छ ।

होङ्सी शिवम् सिमेन्टमा ३० प्रतिशत स्वदेशी तथा ७० प्रतिशत चिनियाँ लगानीमा रहेको छ । जसमा शिवम् सिमेन्टको ११ अर्ब ४ करोड रुपैयाँ तथा होङ्सी सिमेन्टको २५ अर्ब हिस्सा रहने बताइएको छ ।

कारखाना पूर्ण क्षमतामा सञ्चालन भए पश्चात यसको प्रतिदिन क्लिन्कर र सिमेन्ट उत्पादन क्षमता १ लाख २० हजार बोरा सिमेन्ट पुग्ने बताइएको छ ।

कुन बैंकको कति लगानी ?

उद्योगमा सबैभन्दा धेरै एनएमबी बैंकले लगानी गर्ने भएको छ । १६ अर्ब रुपैयँ मध्ये एनएमबिले ६ अर्ब ७५ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्टले ४ अर्ब रुपैयाँ प्रभु बैंकले ३ अर्ब रुपैयाँ, एभरेष्ट बैंकले १ अर्ब २५ करोड रुपैयाँ र नेपाल एसबीआई बैंकले १ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्ने भएको छ ।

७ वर्ष अवधि रहेको यस ऋणका लागि बैंक अफ चाइना र चाइना मिङसेङ बैंकले बैंक ज्ञारेन्टी बसेका छन् ।

ऋण लगानी सम्झौता कार्यक्रममा उद्योगका उपाध्यक्ष विश्वनाथ गोयल, निर्देशक लाईवीपेङ, एनएमबी बैंकका सीईओ सुनिल केसी, प्रभु बैंकका सीईओ अशोक शेरचन, एभरेष्ट बैंकका सीईओ र नेपाल एसबीआई बैंकका सीईओ अनुकुल भाटनगर लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?