Comments Add Comment

कालीमाटी तरकारी बजारका ६ स्टलसँगको सम्झौता खारेज

१९ भदौ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले रातो सूचीमा परेका ९८ मध्ये ६ वटा स्टलको अनुमति खारेज गरेको छ । मंगलबार बसेको बोर्ड बैठकले समितिले सोधेको स्पष्टिकरण नबुझाउने ६ जना व्यवसायीसँगको पसल सञ्चालन सम्झौता तोडेर हटाउने निर्णय गरेको हो ।

कालीमाटीमा तरकारी स्टल चलाउँदै आएका मोहम्मद जुनैद, इसराफिल कवारी, खुद्रा व्यवसायी पुरुषोत्तम राई, पार्वती श्रेष्ठ, रामबहादुर खड्का र बिष्णुकुमार बस्नेतको अनुमति खारेज भएको समितिले जनाएको छ । समितिले एउटा स्टलको भाडा २० हजार तोकेको छ । तर, अनगुमनका क्रममा विचौलियाहरुले २० हजारको स्टल एक देखि ५ लाखसम्म लिएर अर्कैलाई भाडामा दिएको तथ्य फेला परेपछि स्पष्टिकरण सोधिएको थियो ।

बैठकले अनुगमनका क्रममा रातो सूचीमा परेका बाँकी ९२ जना व्यवसायीले बुझाएको स्पष्टिकरण अध्ययन गर्न ५ सदस्यीय कार्यदल बनाएको छ । कार्यदलले भदौ २३ गते प्रतिवेदन बुझाउनेछ र २४ भदौमा फेरि बोर्ड बैठक बसेर उनीहरुका बारेमा पनि निर्णय गर्ने समितिको तयारी छ । कार्यदलमा कृषि मन्त्रालय, किसान आयोग, व्यवसायी, किसान र समितिका तर्फबाट एक एक जना प्रतिनिधि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment