Comments Add Comment

प्रदेश मन्त्री भन्छन् : करको कुरा तिललाई पहाड बनाइएको छ

१९ भदौ, विराटनगर । प्रदेश १ का आर्थिक मार्मिला तथा योजना मन्त्री इन्द्र आङम्बोले करको बिषयलाई लिएर संघीय व्यवस्थामाथि आक्रमण भइरहेको बताएका छन् ।

उनले करको विषय उठाएर संघीय ब्यवस्था असफल पर्ने षड्यन्त्र मान्य नहुने पनि ताए । प्रदेश सभाको मंगलबारको बैठकमा प्रदेश कर तथा गैर कर राजस्व लगाउने र उठाउने सम्बन्धमा बनेको विधेयकको सैद्धान्तिक छलफलमा उठेको प्रश्नमा मन्त्री आङ्बोले शिशु अवस्थामा रहेको संघीयतालाई कुनै पनि कोणबाट आक्रमण गर्न नहुने बताए ।

‘स्थानीय तहले कर लगाउँदा अज्ञानतावंश काहीँ कतै कमजोरी पक्कै देखिएको छ’, उनले भने ‘करको कुरा तिल जत्रोमात्र हो, तर त्यसलाई पहाड बनाएर संघीय ब्यवस्थामा प्रहार गर्ने खेल अहिले भइरहेको छ । यो हाम्रा लागि मान्य हुने छैन ।’

उनले स्थानीय सरकारले पञ्जीकरणमा समेत कर लगाउने काम भएको भन्दै त्यो राज्यको दायित्व भएकाले त्यसमा कर लगाउन उचित नहुने बताए ।

इमान्दारीपूर्वक कर तिरेमात्र देश विकास हुने भन्दै मन्त्री आङ्बोले प्रदेश सरकारले गठन गरेको राजस्व परामर्श समितिले दिएको सुझाव अनुसार मात्र प्रदेश सरकारले कर लगाउने जानकारी दिए ।

उनले प्रदेश सरकारले आर्थिक ऐन निर्माण गरिसकेकाले स्थानीय सरकारले अनावश्यक रुपमा लगाएको कर समायोजन गर्दै लैजाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment