Comments Add Comment

एम्बाप्पेमाथि लाग्यो तीन खेलको प्रतिबन्ध

२१ भदौ, काठमाडौं । फ्रान्स लिगको अनुशासन समितिले पेरिस सेन्ट जर्मेनका स्ट्राइकर केलियन एम्बाप्पेमाथि तीन खेलको प्रतिबन्ध लगाएको छ ।

पीएसजीले निम्समाथि ४–२ को जित हात पारेको खेलमा एम्बाप्पेले इन्जुरी टाइममा रातो कार्ड पाएका थिए ।

आफूलाई फउल गरेका विपक्षी खेलाडीलाई धकेलेको आरोपमा उनीमाथि ३ खेलको प्रतिबन्ध लागेको हो । अब उनले सेन्ट–एटिएन, रेनेस र रिम्सविरुद्ध हुने खेल गुमाउनेछन् ।

तर, च्याम्पियन्स लिग फुटबलमा १८ सेप्टेम्बरमा लिभरपुलविरुद्ध भने खेल्न सक्नेछन् ।

एम्बाप्पेलाई फउल गर्ने तेजी साभानियरलाई भने ५ खेलको प्रतिबन्ध लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment