Comments Add Comment

नुविया स्मार्टफोन अब नेपाली बजारमा

२१ भदौ, काठमाडौं ।आईटीपी नेपाल प्रालिले नेपाली बजारमा चार किसिमका नुविया स्मार्ट फोनहरु भित्र्याएको छ । एम् २ लाईट, एन् २, जेड् १७ मिनी नेपाली बजारमा विक्री शुरु गरेको छ ।

जसमा ४ जीवी र्‍याम, ३२ जीवी रोम, १३ मेगापिक्सल क्यामेरा तथा सेल्फी १६ मेगा पिक्सल क्यामरा भएको एम् २ लाईटको मूल्य १९ हजार ९ सय ९९ तोकिएको छ ।

त्यस्तै ४ जीवी र्‍याम, ६४ जीवी रोम, १३ मेगापिक्सल क्यामेरा तथा सेल्फी १६ मेगा पिक्सल क्यामरा भएको एन् २ को मूल्य २४ हजार ८ सय ९९ रहेको छ ।

४ जीवी र्याम, ६४ जीवी रोम, १३ मेगापिक्सल डबल क्यामेरा तथा सेल्फी १६ मेगा पिक्सल क्यामरा भएको जेड् १७ को मूल्य २९ हजार ९ सय ९९ र ६ जीवी र्‍याम, ६४ जीवी रोम, १३ मेगापिक्सल डबल क्यामेरा तथा सेल्फी १६ तथा ५ मेगा पिक्सल गरी डबल क्यामरा भएको जेड् १७ मिनेज्को ३४ हजार ४ सय ९९ मूल्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment