Comments Add Comment

जापानमा शक्तिशाली भूकम्प, ८ जनाको मृत्यु

२१ भदौ, काठमाडौं । जापानको उत्तरी होक्काइडो टापुमा बिहीबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ८ को मृत्यु भएको छ भने ४० भन्दा धेरै हराइरहेका छन् ।

६.७ म्याग्निच्युड मापन गरिएको शक्तिशाली भूकम्पको कारण घरहरु भत्किएका छन् र पहाडी क्षेत्रमा ठूलाठूला पहिरो गएको छ ।

त्यस्तै एक थर्मल पावर प्लान्टमा पनि क्षति पुगेको छ जसकारण ३० लाख भन्दा धेरै घरहरुमा विद्युत आपूर्ति बन्द भएको छ ।

केही दिनअघि मात्रै पश्चिमी जापानमा विध्वंसात्मक आँधीले वितण्डा मच्चाएको थियो । २५ वर्ष यताकै शक्तिशाली जेबी आँधीको कारण १० जनाको मृत्यु भएको थियो भने धेरै क्षति पुर्‍याएको थियो ।

बिहीबार बिहानै गएकोे भूकम्पको केन्द्रविन्दु होक्काइडोको राजधानी साप्पोरो भन्दा ६२ किलोमिटर टाढा रहेको जनाइएको छ ।

भूकम्पको कारण सुनामीको खतरा भने नभएको जापानको मौसम कार्यालयले जनाएको छ । साथै भूकम्प प्रभावित क्षेत्रमा उद्दार कार्य जारी रहेको जनाइएको छ ।

सरकारी अधिकारीहरुले पराकम्प जान सक्ने बताउँदै मानिसहरुलाई सर्तक रहन अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment