Comments Add Comment

साफ च्याम्पियनसिप : नेपालद्वारा भुटान ४-० ले पराजित

२१ भदौ, ब‌ंगलादेश । साफ च्याम्पियनसिपमा नेपालले भुटानमाथि ४-० जित हासिल गरेको छ । बिहीबार चौथो गोलको रुपमा नेपालका निराजन खड्काले गोल गरेका हुन् ।

यसअघि ७९ औं मिनेटमा नेपालका लागि स्ट्राइकर भरत खवासले तेस्रो गोल गरेका थिए ।

खेलको ७७ औं मिनेटमा अञ्जन विष्टको ठाउँमा मैदान छिरेका उनले त्यसको दुई मिनेटपछि सेन्टर नजिकैबाट एक्लै अगाडि बढाएको बललाई उत्कृष्ट प्रहार गर्दै जाली चुमाए ।

यसअघि नेपालका लागि अनन्त तामाङ र सुनील बलले गोल गरेका थिए । १० खेलाडीमा सीमित भुटानमाथि नेपाल हावी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment