Comments Add Comment

प्रधानमन्त्रीको सरकारी निवासमा ओली वंश कोषको साधारणसभा

२३ भदौ, काठमाडौं । बालुवाटार प्रधानमन्त्रीको सरकारी आवास हो । तर पछिल्लो समय जो प्रधानमन्त्री हुन्छन्, उनको दलको बैठकहरु बालुवाटारमा बस्छ ।

नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पनि पार्टीका सचिवालय, स्थायी कमिटी मात्र होइन, ४४३ सदस्यीय जम्बो केन्द्रीय कमिटीको बैठक पनि बालुवाटारमै गराउँदै आएका छन् ।

शनिबार भने ओली वंश अक्षय कोषको बाषिर्क साधारणसभा समेत प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्ने दाबी गरे । ‘अहिले मैले सरकारको नेतृत्व गरिरहेको छु, जसले भ्रष्टाचार हुन दिँदैन, सहँदैन । कहिकहि लुकेर गर्‍यो भने देखेको दिन ठीक पारिन्छ’ उनले भने ।

कोषले प्रधानमन्त्री ओलीका साथै उनका बुबा र श्रीमतीलाई सम्मान गर्नुका साथै विभिन्न पुरस्कार पनि वितरण गरेकाे छ ।

‘विहान साढे १० बजे भनिएको कार्यक्रम साढे ११ तिर सुरु भयो, केहीबेरमै सकियो’, कोषाध्यक्ष शान्तिराम ओलीले भने । उनका अनुसार प्रधानमन्त्री आउनु अघि साधारणसभा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment