Comments Add Comment

पाकिस्तानको नयाँ राष्ट्रपतिमा डा. आरिफ अल्भी

२४ भदौ, काठमाडौं । पाकिस्तानको १३ औं राष्ट्रपतिमा डा. आरिफ अल्भी नियुक्त भएका छन् । मामनुन हुसेनको पाँच वर्षे कार्यकाल समाप्त भएपछि उनी यो जिम्मेवारीमा आएका हुन् ।

आइतबार ईस्लामावादस्थित राष्ट्रपति भवनमा आयोजिक एक समारोहमा डा. अल्भीले पद तथा गोपनीयताको सपथ लिए ।

पाकिस्तानका प्रधानन्यायाधिस मियान सकिब निसारले उनलाई सपथग्रहण गराएका थिए । अल्भी पाकिस्तान तेहरिक पार्टीका वरिष्ठ नेता हुन् ।

उनी गत २५ जुलाईमा भएको निर्वाचनमा कराँची एनए-२४७ बाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए ।

संविधानअनुसार पाकिस्तानको राष्ट्रपतिको सपथ लिएसँगै उनको राष्ट्रियसभा सदस्य पद निस्प्रभावी हुनेछ । संसदको निर्वाचित सदस्य राष्ट्रपतिको कुर्सीमा बस्न नसक्ने प्रावधान संविधानमा छ ।

सपथग्रहण समारोहमा प्रधानमन्त्री इमरान खान, संघीय मन्त्रीमण्डलका सदस्यहरु, सेनाप्रमुख, सर्वोच्च अदालतका न्यायाधिसहरु, कूटनीतिज्ञहरुको उपस्थित थिए ।

गत साता पीपीपीका एइताज एहसान र जुई-एफका मेउलाना फजलुरसँग राष्ट्रपतिका लागि भिडेका अल्भीले कम्तिमा २ सय ५२ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी एहसान र फजलुरले क्रमशः एक सय ८५ र १ सय २४ भोट ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment