२४ भदौ, काठमाडौं । चीन भ्रमणमा रहेका सभामुख कृष्णबहादुर महराले झांगमु-तातोपानी र केरुङ्ग-रसुवागढी नाकामा बन्ने पुल र महावाणिज्य दूतावास भवन निर्माण आायेजनाको शिलान्यास गरेका छन् ।
सभामुख महराले आइतबार ल्हासामा एक विशेष समारोहका बीच नेपाल-चीन सिमा नाकाका अन्तर्राष्ट्रिय मैत्री पुलहरुको पुनर्निर्माण तथा महावाणिज्य दुतावास भवन निर्माण आयोजनाको शिलान्यास गरे ।
सभामुख महराको प्रमुख आतिथ्यमा ल्हासाबाटै भिडियो प्रविधिबाट गरिएको शिलान्यास समारोहमा तिब्बत जन कांग्रेसका अध्यक्षसहितका पधाधिकारीहरुको सहभागिता थियो ।
२०७२ बैशाख १२ गतेको महाभूकम्पका कारण नेपाल-चीन जोड्ने दुवै पुलहरु क्षतिग्रस्त भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला संयुक्त वक्तव्यमा दुई मितेरी पुल बनाउने सहमति भएसँगै चीन सरकारले पुल पुनःनिर्माणको कार्य अघि बढाउन लागेको हो ।
यी दुई मैत्री पुल निर्माण भएसँगै दुई देशबीचको व्यापारका साथै पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्नेछ ।
शिलन्यास कार्यक्रममा सभामुख महराको प्रतिनिधिमण्डल, ल्हासास्थित नेपाली महावाणिज्यदूत, परराष्ट्र मन्त्रालयका सहसचिव, शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा नेपाल-चाइना प|mेण्डसिप एशोसियसनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
ल्हासास्थित शिलन्यास गरिएको उक्त भवन चीन सरकारको स्वामित्वमा नियोगले सन् २०७५ सम्मको लागि भाडामा लिएको हो ।
पुल पुनर्निर्माण तथा दुतावास भवन शिलन्यास समारोहलाई सम्बोधन गर्दै सभामुख महराले ल्हासामा रहेको नेपाली वाणिज्य दुतावास नेपाल र चीनबीच सुमधुर सम्बन्धको प्रतीकको रुपमा रहेको बताए ।
प्रतिक्रिया 4