Comments Add Comment

शाकाहारी हुनुहुन्छ ? शरीरमा प्रोटिनको अभाव हुनसक्छ है

हामी भन्छौं, शारीरिक स्वास्थ्यका लागि माछामासुको सेवन राम्रो होइन ।

तर, माछामासुको विकल्प के त ?

किनभने माछामासुबाट हामी जुन पोषक तत्व प्राप्त गर्छौं, त्यो अरु कुन खाद्यपदार्थबाट मिल्छ ? यसबारे पनि हामीले जान्नुपर्छ । किनभने स्वस्थ्यका लागि कतिपय खानेकुरामा कटौती गर्दा शरीरमा पोषक तत्वको अभाव हुन हुँदैन ।

मानव शरीरलाई स्वस्थ रहन र राम्रोसँग काम गर्नको लागि सन्तुलित आहारको आवश्यकता पर्छ । सन्तुलित आहारको सेवन गरेर मात्रै शरीरको वृद्धि विकास राम्रोसँग गर्न सकिन्छ ।

शरिरको वृद्धि विकासमा प्रोटिनको भुमिका महत्वपुर्ण हुन्छ । प्रोटिन हाम्रो शरिरको कोष र तन्तुको मर्मतका लागि महत्वपूर्ण मानिन्छ ।

मानव शरीरमा प्रोटिनको कमी भएमा कोष र तन्तुको कार्य सम्पादनमा कमी आउँछ र अनेक शारीरिक समस्याहरु निम्तिन सक्छन् ।

त्यसैले हाम्रो शरीरलाई राम्रोसँग काम गर्नको  लागि पर्याप्त मात्रामा प्रोटिनको आवश्यकता पर्छ । अझै तपाईं शारीरिक श्रम पर्ने काम धेरै गर्नुहुन्छ भने त झनै प्रोटिनको आवश्यकता धेरै हुन्छ ।

शरीरको लागि धेरै नै आवश्यक हुने प्रोटिनको मुख्य स्रोतको रुपमा धेरै जसो मानिसले माछा, मासु, अण्डालाई लिने गर्छन् । हुन पनि माछामासु अण्डामा प्रोटिनको मात्रा धेरै हुन्छ तर,मासु मात्रै प्रोटिनको राम्रो स्रोत भन्ने कुरा गलत हो ।

माछामासु बाहेक पनि यस्ता विभिन्न खानेकुरा छन् जुन प्रोटिनका सर्वश्रेष्ठ स्रोत हुन् । शाकाहारी मानिसहरुले यस्ता खानेकुराको सेवन गरेर आफ्नो शरीरको लागि आवश्यक प्रोटिन पाउन सक्छन् ।

यी हुन् शाकाहारी मानिसको लागि उपयुक्त प्रोटिन स्रोतहरु

दूग्धजन्य पदार्थहरु

दूध, दही र चिजजस्ता डेरी उत्पादनहरु प्रोटिनको राम्रो स्रोत हो । साथै दूग्धजन्य पदार्थमा क्याल्सियम र भिटामिन डि को मात्रा पनि हुन्छ । त्यसैले तपाईं शाकाहारी हुनुहुन्छ भने पर्याप्त प्रोटिनको लागि दूग्धजन्य पदार्थहरु खानुहोस् ।

ब्रोकाउली

ब्रोकाउली पनि प्रोटिनको उत्तम स्रोत हो । यदि तपाईं शाकाहारी हुनुहुन्छ भने ब्रोकाउलीलाई तरकारीको रुपमा प्रयोग गरेर आवश्यक प्रोटिन प्राप्त गर्न सक्नुहुन्छ ।

तोफू

तोफू सोयाबिनबाट बनेको हुन्छ जुन प्रोटिनको एक उत्कृष्ट स्रोत हो । यसमा प्रोटिन मात्रै नभई थुप्रै अन्य पोषक तत्व पनि पाइन्छन् । जुन शरीरका लागि आवश्यक हुन्छ ।

टुसा उम्रेको गेडागुडी

प्रोटिनको अर्को शाकाहारी स्रोत टुसा उम्रेको गेडागुडी हो । टुसा उम्रेको गेडागुडीमा मा भिटामिन सी र बीटा क्यारोटिन जस्ता अन्य स्वस्थ पोषक तत्वहरु पनि भरपुर मात्रामा पाइन्छन् ।

मुसुर दाल

प्रोटिन, फाइबर र एन्टीअक्सिडेन्टले भरिपूर्ण मुसुरोको दालले पेटलाई सफा राख्न सहयोग गर्दछ । साथै यसले अनेकौं स्वास्थ्य समस्या जस्तै मधुमेह र क्यान्सरको जोखिमलाई कम गर्छ ।

बदाम

बदाम, काजू, र ओखरलगाएतका ड्राइप|mुट्स पनि प्रोटिनको राम्रो स्रोत हो । त्यसैले यसको नियमित सेवन गरेमा शरीरले पर्याप्त प्रोटिन प्राप्त गर्छ ।

ओट्स

जौ प्रोटिन र फाइबरले भरिपूर्ण हुन्छ । यो म्याग्नेसियम र जिंकको पनि राम्रो स्रोत हो ।  त्यसकारण शाकाहारी मानिसहरुले आवश्यक प्रोटिन पाउनको लागि प्रतिदिन आधा कप ओट्स सेवनगर्न सक्नुहुन्छ ।

भटमास

शाकाहारी मानिसको लागि अर्को उपयुक्त प्रोटिन स्रोत भट्मास हो । तपाईंले प्रोटिनको लागि भट्मासको दुध पनि सेवन गर्न सक्नुहुन्छ । यो प्रोटिनमा समृद्ध त छ नै साथै यसमा भिटामिन डी, बी १२ र क्याल्सियम पनि पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment