Comments Add Comment

म्याडिसनमा ‘लिभिंग टुगेदर’को चर्चा

२५ भदौ, काठमाडौं । अमेरिकाको म्याडिसन विस्कानशिनमा नेपाली उपन्यास ‘लिभिंग टुगेदर’ को परिचर्चा कार्यक्रम गरिएको छ । त्यहाँको म्याडिसन शहरको सगरमाथा बुक क्लबले साहित्यकार गोविन्द गिरी प्रेरणाको नयाँ उपन्यास फिचवर्ग पब्लिक लाइब्रेरी तथा सगरमाथा बुक क्लबले कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा पश्चिमा देशबाट सुरु भएको लिभिङ टुगेदर शैलीले विश्वब्यापी रुप किन लियो, यसमा राम्रा पक्ष र नराम्रा पक्ष के–के हुन् भन्ने विषयमा चर्चा भएको थियो ।

साहित्यकार दिनार श्रेष्ठले कार्यक्रमको आयोजनाको उद्देश्यवारे प्रकाश पार्दै साहित्यकार गोविन्द गिरी प्रेरणाको साहित्यिक परिचय प्रस्तुत गरेका थिए । ४० वर्षदेखि साहित्य साधना गरेका गिरीले पछिल्लो कृति आधुनिक संस्कृति र यसका विकृतिमाथि लखिएको छ ।

समारोहका सहभागीहरूले उपन्यासकार प्रेरणालाई उहाँको लेखन प्रकृया, लिभिंग टुगेदर उपन्यासको प्रेरणा श्रोत एवम् लिभिंग टुगेदरका विविध पक्षवारे प्रश्न गरेका थिए । उपन्यासकार प्रेरणाले पुस्तक र आफ्नो साहित्यिक जीवनबारे जबाफ दिएका थिए ।

पूर्ण श्रेष्ठ, मदन श्रेष्ठ, अर्चना धाख्वा, दिनार श्रेष्ठ, राजेन्द्र अर्याल , सीता अर्याल, एकबहादुर क्षेत्री, सन्तोष लामिछाने, धन श्रेष्ठ तथा नारायण मल्लहरुले गिरीको जीवनका विविध पक्षबारे प्रश्न गरेका थिए ।

नेपाली भाषा र साहित्यमा विशिष्ट योगदान गर्ने श्रष्टालाई सार्वजनिक मञ्च दिन सगरमाथा बुक क्लब सुरु गरिएको यसका सदस्य दिनार श्रेष्ठले अनलाइनखबरलाई बताए ।

मध्यपश्चिम अमेरिकी राज्य विस्कानशिन राज्यको म्याडिसनमा सन् २००५ मा पहिलोपल्ट भानु जयन्ती मनाइएपछि त्यहाँ निरन्तर साहित्यिक गतिविधिहरू हुँदै आएको छ । १३ वर्षदेखि लगातार भइरहेका साहित्यिक कार्यक्रमलाई गरी थप व्यवस्थित गर्न सगरमाथा बुक क्लकको स्थापना भएको आयोजकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment