Comments Add Comment

रुपन्देहीको दानव खोला किनारमा युवती मृत फेला, हत्या भएको आशंका

२५ भदौ बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिका-७ दानव खोला किनारमा एक युवती मृत अवस्थामा फेला परेकी छन् ।

अन्दाजी २०/२२ वर्षीया युवतीको शव भेटिएको तर सनाखत हुननसकेको प्रहरीले जानकारी दिएको छ ।

युवतीको घाटीमा निलडाम देखिएकाले मृत्यु शंकास्पद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका इन्स्पेक्टर उमेश जोशीले जानकारी दिए ।

युवती मृतक फेला परेको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेर स्थानीय जनप्रतिनिधिहरुलाई बोलाएर पहिचान गर्न खोजेपनि कसैले नचिनेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

युवतीको शव अहिले भीम अस्पताल भैरहवामा ल्याइ पोष्टमार्टम गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ ।

प्रहरीले घटनालाई गम्भीर रुपमा लिइ अनुसन्धान गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment