Comments Add Comment

एक दाना रुद्राक्ष निकासी गर्दा ३५ हजार कर

२५ भदाै, मोरङ । प्रदेश १ सरकारले रुद्राक्ष निकासीमा प्रतिदान ३५ हजार कर तोकेको छ ।

प्रदेश सरकारले बनाएको आर्थिक ऐन २०७५ अनुसार एउटा रुद्राक्षको जिल्ला निकाशी शुल्क ३५ हजार रुपैयाँसम्म तोकिएको हो । प्रदेश सरकारले रुदाक्ष जिल्ला निकाशी गर्दा २६ र २७ मुखे रुदाक्ष प्रतिगोटाको शुल्क ३५ हजार रुपैया तोकेको छ ।

त्यस्तै २२, २३, २४ र २५ मुखे रुदाक्षको जिल्ला निकासी कर प्रतिगोटा १९ हजार रुपैयाँ तोकिएको छ । २१ मुखे रुदाक्ष जिल्ला निकासी गर्दा २५ हजार ताकिएको छ । प्रदेश १ का पहाडी जिल्लाहरुमा रुद्राक्ष उत्पादन हुन्छ ।

आर्थिक वर्ष ०७५/७६ का लागि प्रदेश सरकारले कृषकले उत्पादन गरेको कुखुरा जिल्ला निकासी गर्दा प्रतिगोटा पाँच रुपैयाँ र चल्ला निकासीलाई निःशुल्क गरेको छ ।

विगत बषहरुमा चल्ला जिल्ला निकासी कर पनि लाग्थ्यो । मोरङ जिल्लाले गतबर्ष चल्ला निकासीमा प्रतिगोटा १५ पैसा र कुखुरा प्रतिगोटामा २ रुपैया लिएको थियो ।

तर, प्रदेश सरकारले कुखुरामा लाग्ने कर २ रुपैयाँबाट बढाएर पाँच रुपैयाँ पुर्‍याइएको छ भने १५ पैसा लिँदै आएको चल्ला निकासी कर हटाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment