+

राष्ट्रपति वेहः लाइबेरियाका लागि ५१ वर्षको उमेरमा फुटबल खेले

२०७५ भदौ  २७ गते ९:५४ २०७५ भदौ २७ गते ९:५४
राष्ट्रपति वेहः लाइबेरियाका लागि ५१ वर्षको उमेरमा फुटबल खेले

काठमाडौं । लाइबेरियाका राष्ट्रपति  जर्ज वेहले ५१ वर्षको उमेरमा देशका लागि मैत्रिपूर्ण खेल खेलेका छन् । तर, उनको टिम नाइजेरियासँग २–१ ले पराजित भएको छ ।

राजधानी मनरोभियामा भएको खेलमा फिफा प्लेयर अफ दि इयर अवार्ड जित्ने पहिलो अफ्रिकन खेलाडीसमेत रहेका वेह ७९ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

लाइबेरियाले १४ नम्बरको जर्सीको ‘सन्यास’का लागि नाइजेरियासँग मैत्रिपूर्ण खेल आयोजना गरेको थियो, जुन नम्बर वेहले खेल करियरका क्रममा लगाउँथे । वेह मैदान प्रवेश गर्दा दर्शकहरुले आफ्नो स्थानमा उठेर सम्मान प्रकट गरेका छन् ।

वेह गत जनवरीमा राष्ट्रपति चुनिएका थिए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय