Comments Add Comment

नयाँ आइफोनमा हुनेछैन यी फिचर्स

अमेरिकी कम्पनी एप्पलले सधै नै आफ्ना प्रडक्टमा सफ्टवेयर तथा हार्डवेयरमा नयाँ फिचर्स थप गरी स्मार्टफोन उद्योगमा नयाँ बेन्चमार्क स्थापित गर्ने गरेको छ ।

आज बुधबार सेप्टेम्बर १२ मा एप्पलले आफ्ना वार्षिक समारोहका बीच नयाँ आइफोन लञ्च गर्नेवाला छ । समाचार अनुसार आफ्ना नयाँ आइफोनमा एप्पलले यसअघिका आइफोनमा रहेका केही फिचर्स हटाउने बताइएको छ । आइफोनबाट हट्नसक्ने ती ४ फिचर्स यी हुनसक्छन्ः

१. टच आइडीः यस्तो अड्कल काटिन्छ कि नयाँ आइफोनमा टच आइडी फिचर हुनेछैन । टच आइडीलाई फेस आइडीले प्रतिस्थापन गर्नेछ । एप्पलले गतवर्ष बजारमा ल्याएको आइफोन तथा आइफोन एक्सबाट टच आइडी फिचर हटाएको थियो । नयाँ आइफोनमा पनि टच आइडी नहुने बताइएको छ ।

२. होम बटनः नयाँ आइफोनमा होम बटन पनि सायद हुनेछैन । आइफोन एक्समा पनि यो फिचर थिएन ।

३. टप तथा बटम बेजेलः गतवर्ष लञ्च भएको आइफोन एक्स पनि बेजेल विहिन थियो । अर्थात् स्क्रिनको किनारा पूरै डिस्प्लेयुक्त भएको । नयाँ आइफोनमा पनि तल्लो र माथिल्लो दुबै भागमा बेजेल हुनेछैन । यसले पूर्ण स्क्रिनमा भिडियो हेर्ने मज्जा लिन सकिनेछ ।

४. लाइटिङ पोर्टः रिपोर्ट अनुसार एप्पलले नयाँ आइफोनबाट लाइटिंग पोर्ट हटाउन सक्नेछ । कम्पनीले यसको ठाउँमा युएसबी टाइप सी राख्ने देखिएको छ । यद्यपि यसबारेमा एप्पलले आधिकारिक रुपमा केही बताएको छैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment