Comments Add Comment

महिन्द्राका कुन कारमा के छ विशेष ?

२८ भदौ, काठमाडौं । राजधानीमा चलिरहेको नाडा अटो-शोमा राखिएका केही गाडीहरु चर्चाको शिखरमा छन् । अटो टेक्नोलोजीमा चासो राख्नेहरुलाई महिन्द्राले राखेको कन्सेप्ट कार ‘स्टि्रन्जर’ विशेष आकर्षणका रुपमा छ । गत वर्ष मोडिफाइड कार ‘थार’ राखेर चर्चा बटुलेको महिन्द्राले यो वर्ष आफ्नो इलेक्ट्रिक कारको पनि बुकिङ पनि थालेको छ ।

महिन्द्राका अरु एसयुभी गाडीमा पनि ग्राहकको आकर्षण कम्ता नरेहको अग्नि इन्कर्पोरेटेडका असिस्टेन्ट म्यानेजर चित्रविकास दाहालले बताए । महिन्द्रा हाल एसयूभी सेगमेन्टमा मार्केट लिडर छ । दाहाल मेलामा विभिन्न गाडीहरुको बुकिङ निकै उत्साहप्रद रहेको बताउँछन् ।

महिन्द्राले स्कर्पियो नेपालमा सबैभन्दा धेरै रुचाइएको गाडीमा पर्छ । महिन्द्राको परिचय त्यतिमा मात्रै सीति छैन । धेरै विद्युतीय सवारी क्रिेताको नम्बर १ पोजिसनमा पनि महिन्द्रा नै छ ।

ई-भेरिटो

महिन्द्राको इलेक्टि्रक कार ‘ई-भेरिटो’कार पनि नाडा अटो शोमा नयाँ कार हो । यसअघि महिन्ऽाको इटुओ प्लसबाट विद्युतीय सवारीक ग्राहकको मन जितेको कम्पनीले नयाँ विद्युतीय कार ल्याएको हो ।
अग्नि इन्कर्पोरेटेडले अर्थमन्त्री डा. युवराज खतिवडामार्फत गाडी सार्वजनिक गरेको हो । ई भेरिटो भारतीय बजारमा यसअघि नै उपलब्ध भएर चर्चा कमाएको सेडान कार हो ।

युसमा ७२ भोल्टको मोटर जोडिएको छ, जसले ४० बीएचपी पावरका साथमा ९१ एनएम टर्क उत्पादन गर्छ । एकपटक पुरा चार्ज गरेपछि १ सय १० किलोमिटरसम्म गुडाउन सकिन्छ ।

कारमा रहेको रि-जेनेरेटिभ ब्रेकिङ सिस्टमले पावर तथा ब्याट्रीलाई चार्ज गर्छ । यसमामा फास्ट चार्जिङ सिस्टम पनि छ । कारलाई एक घन्टा ४५ मिनेटमा चार्ज गर्न सकिन्छ । यसको मूल्य २८ लाख ८० हजार रुपैयाँ तोकिएको छ । नाडा बुकिङ गर्दा ५० हजार छुटाको अफर पनि छ ।

एक्सयूभी ५००

महिन्द्राले सनरुफसहितको प्लस न्यू एक्सयूभी ५०० पनि नाडामा नयाँ गाडीका रुपमा राखेको छ । आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, उच्चशक्ति र टर्कयुक्त यो गाडीले स्पोर्ट युटिलिटी भेहिकलमा नयाँ मापदण्ड कायम गरेको छ ।

गाडीमा १५५ हर्सपावर र ३६० एनएम टर्कशक्ति छ । छैठौं पुस्ताको विद्युतीय रुपमा नियन्त्रित भेरियवल जियोमेट्री टर्बोचार्जरले यो गाडीलाई बढी उर्जायुक्त र उत्कृष्ट बनाएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ओआरभीएम लोगो प्रोजेक्सन ल्याम्पसहितको विद्युतीय सनरुफ, न्यू स्मार्ट वाच कनेक्टिभिटी, जीपीएस नेभिगेशनसहित सात इन्चको टचस्त्रिmन इन्फोटेन्मेन्ट समेत छ ।

यसमा विभिन्न सुविधाहरू इन्ह्यान्सड गरिएको छ । ६ वटा एयरब्याग छ । यसमा पहिलोपटक स्मार्ट वाच कनेक्टिभिटी सुविधा पनि छ । एवीएससहित इविडी र उकालो र ओरालो लाग्दा नियन्त्रणमा रहने गरी सबै चक्कामा डिस्क ब्रेक पनि छ ।

इटुओ-प्लस

महिन्द्राको ‘इटुओ-प्लस’ नेपाली बजारमा भित्रिएको लामै समय भयो । नेपालमा विद्युतीय कारको प्रवेश गराउने पहिलो कम्पनी पनि महिन्ऽा इलेक्टि्रक नै हो । नेपालमा धेरै विद्युतीय सवारी बजार पनि यही कम्पनीको छ । अटो शोमा नराखिए पनि यो कार अटो शोबाटै बुकिङ गर्न भने सकिन्छ ।

पहिले यो कम्पनीका विद्युतीय कार टु-डोर -२ ढोका)मा मात्रै उपलब्ध थियो । अब ४ वटा ढोकासहितको इटुओ-प्लस नपाली बजारमा आइसकेको छ ।

यसले कम खर्च गरेर पनि स्मार्ट विद्युतीय कार चढ्ने चाहाना राख्नेलाई गज्जवको विकल्प दिएको छ । ‘महिन्द्रा इटुओ’को स्मार्ट भर्सनका रुपमा आएको इटुओ-प्लस निकै आकर्षक, सुविधाजनक र उपयोगी रहेको कम्पनीले दावी गरेको छ ।

कम्पनीका अनुसार यो आरामदायी, सुरक्षित, सजिलो र छरितो तथा वातावरणमैत्री सवारी हो । यसमा डुअल साइड इम्प्याक्ट बिम, हिल होल्ड असिस्ट, इएलआर सिटबेल्ट, रेयर डोर चाइल्ड लक,फ्रन्टल कम्पल जोन, लगायतका सिस्टम जडान गरिएको छ ।

इटुओ प्लस डिजेल र पेट्रोलबाट चल्ने अन्य कारभन्दा निकै स्मार्ट छ । ड्यासबोर्डमा स्टेट अफ दि आर्ट इन्फोटेन्मेन्ट सिस्टम छ । यसमा रेडियोसहित एसडी कार्ड डाटा लगातका सुविधा छ । यो कार घरमा सहजै चार्ज गर्न सकिन्छ । डिजिटल क्लष्टर विद ड्राइभ इन्फरमेशन लगायतका फिचर्स पनि छन् । स्मार्टफोन कनेक्टिीभिटी, रिभर्स क्यामेरा, महिन्ऽा सिग्नेचर ग्रील, क्रिष्टल एलईडी ल्याम्प, र पर्याप्त बूट स्पेश लगायतका फिचरले पनि यो गाडीलाई विशेष बनाएको छ ।

इलेक्टि्रक पावर स्टेयरिङ रहेको यो गाडी एकपटक चार्ज गरेपछि १४० किलोमिटर कु्न सक्छ । यसले ८५ कलिोमिटर प्रतिघण्टाको गति दिनसक्छ । यो कारमा इलेक्टि्रक ड्राइभट्रेन टेक्नोलोजी प्रविधि प्रयोग भएको छ । यसको ब्याट्री र इञ्जिन निकै पावरफूल छ ।

आकर्षक डिजाइनसहितको यो गाडीभित्र पर्याप्त स्पेश छ । यसमा ४ जनाले सहजै यात्रा गर्न सक्छन् । विद्युतबाट चल्ने हुँदा महिन्ऽा इटुओ-प्लसमा भाइब्रेसन र आवाज आउँदैन । यसमा एसी सुविधा पनि छ ।

टियुभी ३००

महिन्द्राको अर्को उत्कृष्ट गाडी हो, एसयूभी ‘टियुभी ३००’ । यसले लोकप्रियता हासिल गरिसकेेको छ ।  अग्नि इन्कर्पोरेटेडले बेचिरहेको यो कार पावर बढी भएकै कारण ग्राहकमाझ लोकप्रिय भएको कम्पनीको दावी छ ।

गाडी नयाँ आधुनिक मोडलमा रहेकाले पनि ग्राहकले रुचाएका छन् । गाडीको ग्राउण्ड क्लियरेन्स, ग्रमाीण सडक सुहाँउदो भएकै कारण पनि ग्राहकले कम्पनीलाई विश्वास गरेका छन् ।

यो कार १५ सय सीसीमा उपलब्ध छ । टियूभी-३०० गाडीलाई नेपाली बाटो सुहाँउदो पनि छ । यसको माइलेज १८.४९ किलोमिटर प्रतिलिटर छ । भारतमा निकै लोकपि्रय भएको यो एसयूभी ‘टियुभी ३००’ सेभन सिटर गाडी हो ।

यसमा बेज तथा पि्रमियम ब्ल्याकको डुअल टोन इन्टिरियर छ । आकर्षक हेक्सागन सेन्टर बेजेल, पियानो ब्ल्याक सेन्टर फेसिया, टु-डिन अडियोसहितको इन्फोटेन्मेन्ट सिस्टम, ब्लुटुथ, यूएसबी, एयूएक्स, तथा स्टेयरिङ माउन्टेड अडियो तथा फोन कन्ट्रोल र स्पोर्टी ट्वीन-पड इन्स्ट्रयुमेन्ट क्लस्टर लगायतका आधुनिक फिचर्सले गाडी सजिएको छ ।

थार

महिन्द्राको मोडिफाइड ‘थार’ डेब्रेक पनि रुचाइएको गाडी हो । एड्भेञ्चर सफारीका लागि निकै उपयुक्त यो गाडी २५ सय सिसीको हो । यसको बलियो र आकर्षक टायर १०५ बीपीएचको थारको शक्तिशाली इञ्जिनले २४७ एनएमको टर्क उत्सर्जन गर्नेछ । २०० एमएमको ग्राउण्ड क्लेयरेन्स थारमा अघि डिस्क र पछाडि ड्रम ब्रेक छ ।

६० लिटरको ˆयुल ट्यांक रहेको यो विभिन्न सेफ्टी फिचर्स पनि छन् । बम्पर एण्ड हृवील आर्क, क्लेयर लेन्स हेडल्याम्प लगायतका फिचर्सले यो निकै आकर्षक देखाएको छ ।यसले १३ देखि १५ किलोमिटर प्रतिलिटरको माइलेज दिने दावी कम्पनीको छ ।

यसको इन्टेरियरमा टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, ४ वटा वाटर प्रुफ स्पीकर, न्यू टि्रपल पोड इन्स्ट्र्युमेन्ट क्लष्टर, एचभीएसी कन्ट्रोल, न्यू गेयर लिभर, न्यू स्टेरिङ हृवील, स्पार्को रेली सिट, रोल ओभर बार लगायतका सुविधा छन् । यसमा ५ स्पीड म्यानुअल गेयर छ ।

यो गाडी अफरोडको नायक नै सावित भइसकेको छ । झन मोडिफाइड भसर्न यति फरक छ कि यसलाई हेर्ने जो कोहीले प्रशंसा नगरी बस्न सक्दैनन् । नेपाली बाटोको लागि सबैभन्दा उपयोगी मानिएको यो गाडी एड्भेञ्चर टूर र जंगल सफारीमा त झनै उपयोगी हुन्छ ।

केयुभी-१००

महिन्द्राको ‘केयुभी १००’ कार पनि चर्चा बटुलेको कार हो । महिन्द्रा ले पहिलोपटक बजारमा सानो आकारको एसयूभीका रुपमा चिनाएको गाडी हो ‘केयुभी १००’ । ‘दी योङ एसयूभी’ भनिने यो गाडीले स्पोर्टस गाडी चढ्न चाहने उपभोक्तालाई आकषिर्त गरेको छ ।

१२ सय सीसीको इन्जिन रहेको केयुभी डिजेल र पेट्रोल दुबै अप्सनमा छ । माइलेजको कुरा गर्दा यसको पेट्रोल इन्जिनले प्रतिलिटर १८ किलोमिटर र डिजेल इन्जिनले २५ किलोमिटर दिने कम्पनीको दाबी छ ।

नेपाली सडक सुहाउँदो केयुभीमा पाँच स्पिड म्यानुअल गियर छ । यसको ग्राउन्ड क्लियरेन्स १७० मिलिमिटर रहेको छ । यसको टर्निङ रेडियस ५.०५ मिटर रहेको हुँदा साँघुरो सडकमा पनि सजिलै मोड्न सकिन्छ ।

केयुभी-१०० मा ५ जनाले सहजै यात्रा गर्न सक्छन् । यसमा ३५ लिटर क्षमताको इन्धन ट्यांकी छ भने २४३ लिटरको समान राख्ने बूट स्पेश छ ।

केयुभीको सवैभन्दा लोभलाग्दो पक्ष भनेको यसको डिजाइन नै हो । इन्टेरियर डिजाइन स्पेसियस र आरामदायी छ । यसमा स्पोर्टी स्टेरिङ ह्वील, स्टाइलिस फ्लोटिङ ड्यास बोर्ड, डिस्प्ले सहितको इन्फोटेनमेन्ट सिष्टम रहेको छ ।

यसमा ६ स्पिकर इन्फोटेनमेन्ट, ब्लुटुथ सिष्टम, ह्यान्डस फ्रि मोड, युएसबी, स्टेरिङ, फोन कन्ट्रोल, डिजिटल इञ्जिन, इमोबीलाइजर लगायतका फिचरहरु छन् । यसमा डे टाइम रनिङ ल्याम्प, टर्न इन्डिकेटर्स, मस्कुलर एण्ड सार्प बडी, स्टाइलिस रुफ रेल, एलइडी फग ल्याम्प लगायतका सुविधाहरु यो गाडीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment