Comments Add Comment

सरकार आर्थिक विकासलाई तीव्र गतिमा ड्राइभ गर्दैछः प्रधानमन्त्री अोली

२९ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीव्र गतिमा आर्थिक विकास गर्न खोजेको बताएका छन् । ‘सरकार तीव्र गतिमा आर्थिक विकासलाई ड्राइभ गर्न खोज्दैछ,’  काठमाडौंमा भएको आर्थिक विकास सम्बन्धी एक बहस कार्यक्रमको उद्घाटमा प्रधानमन्त्री ओलीले भने, ‘विगतमा विभिन्न काराणले बन्द भएका उद्योगहरु पुनः सञ्चालन र नयाँ उद्योगको स्थापना सरकारको प्राथमिकतामा छ ।’

प्रधानमन्त्री ओलीले दुई तिहार्इ बहुमतसहितको सरकारको मुख्य लक्ष्य छिटो आर्थिक समृद्धि भएको र अहिलेको समय स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई राम्रो मुनाफा कमाउने उपयुक्त अवसर भएको बताए ।

औद्योगिक क्षेत्रमा बिनाहिचकिटाहट लगानि गर्नका लागि समेत उनले आव्हान गरेका छन् । लगानिका लागि एकद्धार प्रणालीबाटै आउन आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, ‘वान डोर सिस्टमबाट नै लागनि गर्नुपर्ने हुन्छ’, लगानी सुरक्षित हुँदैन कि भन्ने सोच्नुपर्दैन ।’

प्रधानमन्त्री ओलीले भारत र चीन दुबैदेशसँग मिलेर नेपालले आर्थिक विकास र समृद्धिको चहना पूरा गर्न खोजेको समेत बताएका छन् । उनले रक्सोल काठमाडौं रेलबारे प्रोटोकलमा केही दिनमा सहमति हुनेसमेत बताएका छन् ।

प्रधानमन्त्री ओलीले आर्थिक विकास मात्रै सरकारको मूख्य लक्ष्य नभएको भन्दै उनले सुखी नेपालीको चाहना अनुसार काम भइरहेको बताए । ‘समृद्ध नेपाल खुसी नेपाली सरकारको लक्ष्य हो । विकासले मात्रै मान्छे खुसी हुँदैन,’ प्रधानमन्त्री ओली भन्छन्, ‘सुरक्षा चाहिन्छ । स्वतन्त्रता चाहिन्छ । त्यस अनुरुपको अधिकार प्रत्योजना गर्न सरकार प्रयासरत छ ।’

नागरिक क्रियटिभ र खुसी हँदा विकासको गति अझ बढ्ने ओलीको भनाइ छ । ‘मात्र विकास चाहेको होइनौं,’ प्रधानमन्त्री ओलीले भने, ‘क्रियटिभ र खुसी समाज चाहेका हौं । त्यो गतिमा कामहरु अगाडि बढेका छन् पनि ।’

संविधान जारी भएको तीन वर्षभित्र मौलिक हक कार्यान्वयनमा आइसक्नुपर्ने संवैधानिक बाध्यता रहेको भन्दै उनले त्यसकार्यमा सरकार क्रियाशील रहेको बताए । मौलिक हकसँग सम्बन्धित विधेयकहरुमाथि छलफल भइरहेको भन्दै उनले र केहि दिनमै संसदबाट पारित हुनेगरि गृहकार्य अगाडि बढेको जानकारी दिए ।

नेपाललाई आर्थिक विकासमा लम्कन केही समस्याहरु समेत रहेको भन्दै प्रधानमन्त्री ओलीले सरकार त्यसतर्फ सचेत रहेको उल्लेख गरे । २०७२१ सालको विनाशकारी भूकम्पपछिको पुनर्निर्माण चलिरहेको र छिटै सकिने ओलीको भनाइ छ ।

कार्यक्रममा भारतीय जनता पार्टीका नेता गोपाल कृष्ण अग्रवालले आर्थिक प्रजातन्त्रबारे चर्चा गरे ।

भारतले आर्थिक विकासका लागि गरेको प्रयास र तत्कालीन समस्याहरुका बारेमा जानकारी दिँदै उनले भारतले आर्थिक विकासका लागि गरको प्रयासबाट नेपालले लाभ लिन सक्ने उनले बताए ।

लगानीका लागि निजी क्षेत्रलाई खुला राख्न र विदेशी लगानी आकर्षित गर्न सक्दा नेपालले छिटो आर्थिक विकास गर्न सक्ने अग्रवालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment