Comments Add Comment

बच्चाको बौद्धिक क्षमता कसरी बढाउने ? यी हुन् प्रभावकारी उपाय

हरेक अभिभावक चाहन्छन्, आफ्ना सन्तान क्षमतावान् होस् । बौद्धिक होस् । तार्किक होस् । हरेक किसिमको गुणले भरिपूर्ण होस् ।

भनिन्छ नि, बालबालिका भनेका काँचो माटो हुन् । उनीहरुलाई हामी जस्तो रुपरंगमा पनि बदल्न सक्छौं । अतः यसको मूख्य जिम्मेवारी वा दायित्व अभिभावकको हो । अभिभावकले नै आफ्ना छोराछोरीलाई कस्तो बनाउने भनेर सही रुपमा मार्गदर्शन दिलाउन सक्छन् ।

हामी विश्वका महान् व्यक्तिहरुको उदाहरण दिदै छोराछोरीलाई भन्ने गर्छौं, ‘आइस्टाइन जस्तै बन्नुपर्छ है । मार्क जुकरबर्ग जस्तै बन्नुपर्छ है ।’

आधुनिक विज्ञान हाम्रो साथमा भएर पनि होला, यसले हाम्रो जीवनको गुणस्तर मात्र नभएर हाम्रो बुद्धि विवेकलाई परिमार्जन गर्न समेत महत्वपूर्ण भूमिका खेल्छ । तर आधुनिक विज्ञानको कुरा गरिरहदाँ हामीले प्रकृति तथा आफ्नो  जीवनशैलीलाई विर्सनु हुँदैन ।

किनकी हाम्रो जीवनशैली, खानपान तथा प्राकृतिक वातावरणले नै हाम्रो भु्रणमा रहेको शिशु भविष्यमा कस्तो हुने भन्ने निक्र्यौल गर्छ ।

र, यी कुराहरुलाई अपनाउन सकेको खण्डमा सुन्दर र  तिक्ष्ण क्षमता भएको शिशुलाई जन्माउन खासै समस्या पनि हुँदैन । तर त्यसको लागि के खाने र के गर्ने भनेर जान्न आवश्यक छ । यसको लागि यी उपाय अपनाउनु् । यति गर्न सकेमात्र पनि तपाईले आफ्नो कोखबाट भनेजस्तो शिशुलाई जन्म दिन सक्नुहुन्छ ।

घाममा बस्ने

सबैलाई थाहा भएकै कुरा हो, भिटामिन ‘डी’को सबैभन्दा राम्रो स्रोत भनेकै घामको किरण हो । भिटामिन ‘डी’को सेवनले हड्डीलाई मजबुत बनाउन सहायता प्रदान गर्छ । तर, यसको कमीका कारण गर्भमा रहेको शिशुमा ब्रेन डिसफंसन हुने सम्भावना उच्च  रहेका कारण गर्भवतीका लागि भिटामिन डी को सेवन निकै महत्वपूर्ण मानिन्छ । हालैमा भएको नयाँ अध्ययनले पनि यसको कमीका कारण्ण गर्भमा रहेको शिशुलाई ब्रेन डिसफङ्सन हुने समस्या उच्च हुने गर्छ ।

त्यसैले, गर्भावस्थामा सही तथा पोषण तत्वयुक्त खानेकुराको सेवन गर्नु बाहेक पनि शरीरका लागि भरपूर मात्रामा भिटामिन ‘डी’ आवश्यक छ । यसको लागि दिनमा कम्तीमा २० मिनेट मधुरो घाममा हिँड्नु उपयुक्त हुन्छ ।

फोलिक एसिडको सेवन

गर्भावस्थामा फोलिक एसिड निकै महत्वपूर्ण हुन्छ । त्यसैले, गर्भ रहनु करिब चार हप्ता अघि देखि नै चिकित्सकहरु फोलिक एसिड सेवन गर्न सल्लाह दिने गर्दछन् । यसको सेवनले शरीरमा रगतको मात्रा बढाउनुका साथै जन्मका क्रममा हुने जन्म दोष, मस्तिष्क विकार तथा मेरुदण्ड सम्बन्धि समस्या हुनबाट समेत जोगाउँछ ।

फुर्तिलो रहन

गर्भावस्थाका दौरान गर्भवती महिला स्फुर्त रहनाले त्यसले बच्चामा सकारात्मक प्रभाव पार्छ । यसले गर्भमा रहेको शिशुको रक्त सञ्चारलाई प्रभावकारी बनाई सम्पूर्ण शरीरलाई नै स्वस्थ राख्न मद्दत गर्छ । त्यतिमात्र हैन, गर्भमा रहेको शिशुको मस्तिष्कमा रगत तथा अक्सिजनको मात्रा पर्याप्त भएमा त्यसलेे मस्तिष्कलाई समेत तिक्ष्ण बनाउन मद्दत गर्छ ।

ओमेगा-३ फ्याटी एसिड

मस्तिष्कको विकासका लागि पनि ओमेगा-३ फ्याटी एसिड जरुरी छ । जबकी यसको कमीले भविष्यमा गर्भमा रहेको शिशुमा नशा सम्बन्धि समस्या तथा दृष्टी दोष निम्त्याउन सक्छ ।

आइरन

शरीरमा आइरनको कमीले रक्तअल्पत्राको समस्या निम्त्याउनसक्छ । त्यस्तै, मस्तिष्कमा अक्सिजनको कमी हुनसक्छ । जसका कारण गर्भमा रहेको शिशुको मस्तिष्कको विकास राम्ररी हुन नसकी विभिन्न समस्या निम्त्याउन सक्छ ।

प्रोटिन

कोषिकाको वृद्धिविकासको लागि पनि शरीरमा पर्याप्त मात्रामा प्रोटिन हुन आवश्यक छ । र, शरीरमा प्रोटिनको कमी हुन नदिन प्रोटिनयुक्त खानेकुरा खान आवश्यक छ । पर्याप्त मात्रामा प्रोटिनको सेवनले शरीरको सम्पूर्ण विकासमा महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने हुदाँ एउटा गर्भवती महिलाले दिनमा  कम्तीमा दश ग्राम प्रोटिन सेवन गर्न आवश्यक छ ।

बच्चासँग अन्तरसंवाद

करिब १६ हप्ताको गर्भावस्था पश्चात्त गर्भमा रहेको शिशुले बाहिरको गतिविधि राम्ररी सुन्न सक्दछ । त्यसको करिब दश हप्ता पश्चात्त गर्भमा रहेको बच्चाले तपाईको आवाज चिन्न थाल्छ । त्यसैले, गर्भमा रहेको शिशुसित  गहिरो सम्बन्ध कायम गर्नका लागि पनि उनीहरुसित धेरैभन्दा धेरै संवाद गर्न जरुरी छ ।

किनकी गर्भमा रहेको शिशुसित जति संवाद गर्न सक्यो आमा र बच्चाबीचको सम्बन्ध उति नै गहिरो हुनुका साथै प्रगाढ हुन्छ । त्यति मात्र हैन, यसले गर्भमा रहेको शिशुलाई एउटा उज्यालो भविष्य प्रदान गर्ने हुदाँ यसतर्फ ध्यान दिनु पनि प्रत्येक अभिभावकको कर्तव्यका साथै दायित्व पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment