Comments Add Comment

‘सञ्जु’मा गरेको ‘बदमासी’ हिरानीले स्वीकारे

सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जु’ बक्स अफिसमा निकै चम्कियो । यो वर्षकै सर्वाधिक सफल फिल्म मानिएको छ यसलाई । तर, फिल्म विावादमुक्त भने रहन सकेन । फिल्मले सञ्जय दत्तको पाप पखाल्न खोजेको आरोप लागेको छ । साथै फिल्मले धेरै घटनाहरुलाई तोडमोड गरेर सञ्जय दत्तको धमिलो छवि सङ्ल्याउने प्रयास गरेको भनेर निर्देशक राजकुमार हिरानीले आलोचना खेपिरहेका छन् ।

उनै हिरानीले फिल्माथि लागेको आरोपबारे पहिलोचोट मुख खोलेका छन् । उनले आरोप स्वीकार गरे । ‘हो, सञ्जुमा केही घटनाहरुलाई तोडमोड गरिएका छन् र केही काल्पनिक कुराहरु पनि थपिएको छ । तर, हामीले यो सबै असल नियतले गरेका हौं,’ हिरानीले भने ।

सञ्जुको पहिलो एडिटेड भर्सनमा कथावस्तुमा कुनै छेडछाड गरिएको थिएन । जब हिरानीले आफ निकटका व्यक्तिहरुलाई पहिलो एडिटेड भर्सन सुनाए, तर, उनीहरुले मन पराएनन् । त्यसपछि उनले त्यसमा व्यापक काँटछाँट र थपथाप पारे । यसका क्रममा उनले थुप्रै काल्पनिक कुराहरु पनि घुसाएका छैन । बायोपिक बनाउँदा यसरी काल्पनिक कुरा राख्न जायज मानिदैन ।

फिल्मलाई कमर्सियल बनाउन केही काल्पनिक घटनाहरु थपेको हिरानी बताउँछन् । ‘यदि मैले त्यस्तो नगरेको भए सञ्जु एउटा फिल्म नभएर डकुमेन्ट्री जस्तो मात्र बन्ने थियो,’ उनले भने ।

उदाहरणका लागि अदालतले आफ्नो विपक्षमा फैसला गरेपछि सञ्जयले आत्महत्याको प्रयास गरेको देखाइएको छ, जुन वास्तविक होइन । यस्ता नाटकीय दृष्यहरु धेरै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment