Comments Add Comment

श्रीदेवीकी छोरी ट्रोलको मारमा

श्रीदेवी आफ्नो जमानामा नम्बर १ बलिउड अभिनेत्री थिइन् । उनी भाग्यमानी यस अर्थमा थिइन् कि कहिल्यै ट्रोलरहरुको निशानामा पर्नु परेन । किनकी उनको पालामा सामाजिक सञ्जाल नै थिएन ।तर, उनकी छोरी त्यति भाग्यमानी छैनन् । बलिउडकी नव अभिनेत्री जान्भी कपुर अत्यधिक ट्रोल हुन थालेकी छन् । खासगरी उनको ड्रेसअपलाई ट्रोलरहरुले निशाना बनाउँछन् ।

हालै मात्र जान्भीको एउटा तस्वीर सार्वजनिक भयो । तस्वीरमा उनी आफ्नो जिमखाना बाहिर देखिएकी छिन् र जिमवेयर लगाएकी छन् । उनको टिशर्टले तलको कट्टु छोपिएको छ र झट्ट हेर्दा तल केही पनि लगाएकी छैनन् कि भन्ने भान पर्छ ।

यो तस्वीरमाथि सामाजिक सञ्जालमा निकै घृणित प्रतिक्रियाहरु आइरहेका छन् जसले जान्भीलाई विचलित बनाएको छ । नयाँ नयाँ भएकाले उनी ट्रोल फेस गर्न त्यति अभ्यस्त छैनन् । ट्रोल कसरी फेस गर्ने भनेर उनले आफ्नो गड फादर करण जौहरसित हालै छलफल पनि गरेकी थिइन् । जौहरले उनलाई भनेका थिए, ‘ट्रोलको सामना गर्ने सबैभन्दा राम्रो तरिका भनेको तिनीहरुलाई बेवास्ता गर्नु हो ।’

तर, जान्भीले वेवास्ता गर्न सकेकी छैनन् । सामाजिक सञ्जालमा आउने नकारात्मक टिप्पणीहरुलाई आफूलाई हतोत्साही तुल्याउने उनी बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment