Comments Add Comment

बैतडीबाट बझाङ जाँदै गरेको जिप दुर्घटना, ४ यात्रु घाइते

१ असोज, बैतडी । बैतडीको सुर्नया गाउँपालिका ६ को दुदिलाखानमा जिप दुर्घटना हुँदा ४ जाना घाइते भएका छन् । खोडपेदेखि बझाङ बित्थडका लागि छुटेको से १ ज ५८४ नम्बरको जिप दुदिलाखान मोडमा आइतबार राति करिब ८ बजे दुर्घटना हुँदा ४ जना घाइते भएका हुन् ।

घाइते हुनेमा पाटन नगरपालिका वडा नम्बर ९ का राजेन्द्र बिजले, सिगास गाउँपालिका वडा नम्बर ९ का जनक बिष्ट, सिगास गाउँपालिका वडा नम्बर १ का जगदिश पन्त र सोही ठाउँ बस्ने कुरुणकर जोसी रहेको खोडपे प्रहरी चौकी बैतडीका प्रहरी सहायक निरीक्षक कृष्णभान चौधरीले जानकारी दिए ।

घाइते चारै जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरमा उपचार भइरहेको छ । गाडीमा चालक सहित ५ जना थिए । चालक महेश पन्त भने फरार छन् ।

जिप सडकबाट करिब १५० मिटर तल खसेको छ । तर, दुर्घटनाको कारण खुल्न नसकेको चौधरीले बताए ।
-सुनिता भट्टबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment