Comments Add Comment

सिमकार्ड किन्दा स्मार्ट टेलिकमले दिने भयो थप ४० रुपैयाँ ब्यालेन्स

१ असोज, काठमाडौं । मोबाईल सेवा प्रदायक कम्पनी स्मार्टले सिमकार्डको खरिदमा थप ४० रुपैयाँ गर्न थालेको छ । स्मार्टको सिमकार्ड खरिदमा प्राप्त हुने हालको सुविधाका साथ थप रकम प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

९९ रुपैयाँमा सिम खरिद गर्ने ग्राहकले १० मिनेटको टक टाइम, १० एसएमएस, २०० एमबि डाटाको साथ ५० रुपैयाँ मेन व्यालेन्सको साथमा अतिरिक्त ४० रुपैयाँ समेत गरी मेन व्यालेन्स प्राप्त गर्न सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्मार्टले यस अघि रिब्रान्डिङ्गको साथ ‘It’s freedom’ भन्ने नयाँ योजनाहरु प्रस्तुत गरेको थियो । यस योजना अन्तर्गत हरेक सिमकार्डको खरिदमा वा रिचार्जमा डाटा, भ्वाइस, एसएमएस मा अतिरिक्त सुविधाहरु प्राप्त सकिने कम्पनीले भनेको छ ।

साथै २९ रुपैयाँमा ५०० एमबि डाटा, ९० पैसा/प्रतिमिनेट भ्वाइस, तथा ५० पैसा/एसएमएस -सरकारी कर बाहेक) एवं अझ न्यूनतम शूल्कमा अन्तर्राष्ट्रिय कल गर्न सकिने सुविधा पनि योजनामा समावेश गरिएको उल्लेख छ ।

काठमाडौंमा स्मार्टले न्यूनतम शुल्कमा विभिन्न फोरजी डाटा प्याकहरु उपलब्ध गराउँदै आएको जनाएको छ । प्रयोगकर्ताहरुको सुविधा एवं आवश्यकता बमोजिम ठूलेादेखि सानो साइजमा डाटा प्याकहरु उपलब्ध गराइएको उसले भनेको छ ।

स्मार्ट सिम तथा अन्य सेवाहरुको लागि स्मार्ट सेन्टरहरु लबभवन – कुमारी पाटी, रुद्र भवन- पुतली सडक, आर एनभवन – सूर्य विनायक, भक्तपुर तथा अरविन्द कम्प्लेक्स – न्यू रोड पोखरामा सम्पर्क गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment