Comments Add Comment

ओपोको तीब्र चार्जिङ प्रविधि ‘भोक’

१ असोज, काठमाडौं । ओपोको भोक फ्ल्यास चार्ज प्रविधिलाई स्मार्टफोन उद्योगकै उत्कृष्ट प्रविधिका रुपमा लिइएको छ । यसले साधारण ३ हजार एमएएचको ब्याट्रीलाई मात्र ३० मिनेटमै ७५ प्रतिशत चार्ज गर्ने क्षमता राख्ने भएकाले यो आश्चर्यजनक भएको ओपोको दावी छ ।

दैनिक प्रयोजनमा यसको निरन्तर उपयोगिताका कारण अहिले स्मार्टफोनको ब्याट्रीलाई पनि यसको एक प्रमुख अंगका रुपमा लिइन्छ । साधारणतया ठूला ब्याट्री भएका फोन स्वभाविक रुपमा लोमो समयसम्म टिक्छ । तर, तिनलाई पूर्ण रुपमा चार्ज गर्न समयपनि उत्तिकै लाग्छ

यही समस्याको समाधानका लागि विभिन्न फास्ट चार्जिङ प्रविधिहरु विकसित गरिएका हुन् ।

भरखरै सार्वजनिक ओपो एफनाइनलाई मात्र ५ मिनेट चार्ज गर्दा २ घण्टाको टकटाइम प्राप्त गर्न सकिन्छ । भोक प्रविधि के हो र यो कति सुरक्षित छ त यसका लागि ओपोले सरल ईन्फोग्राफि मार्फत उपभोक्ताहरुलाई जानकारी जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment