+
+
Shares

मेरो सुरक्षा र प्रिमियर इन्स्योरेन्सबीच मोबाइल बीमा सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १ गते २१:०८

१ असोज, काठमाडौं । मेरो सुरक्षा प्रालि र प्रिमियर इन्स्योरेन्सका बिचमा मोबाइल बीमा सम्बन्धि सम्झौता भएको छ । मेरो सुरक्षाले दिँदै आएको मोबाइल प्रोटेक्सन प्लानमा सहभागि हुनेहरुको मोबाइल बीमा गराउने लक्ष्यका साथ एक कार्यक्रमका बिच दुई संस्थाका प्रमुख कार्यकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवार र प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले मोबाइल बीमा सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानमा सहभागि हुने सेवाग्राहीले प्रयोग गर्ने मोबाइलको बीमा प्रिमियर इन्स्योरेन्समा हुनेछ । यस अघि मोबाइल प्रोटेक्सन प्लानका रुपमा मात्र सुरु भएको सेवा अब मोबाइल इन्स्योरेन्समा रुपान्तरण भएको हो ।

‘मेरो सुरक्षासँगको सहकार्यले मोबाइल प्रयोगकर्ताले सहज रुपमा आफ्नो मोबाइलको बीमा गराउन सक्ने विश्वास हामीले लिएका छौं ।’ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले भने ।

‘कुनै कारणले मोबाइल फुटेमा, आगो वा पानीले मोबाइलमा भौतिक क्षती पुगेर मोबाइल नचल्ने भएमा वा हराएमा वा चोरी भएमा मेरो सुरक्षाले पहिलेको मोबाइलको डाटा सहित नयाँ मोबाइल सेट उपलब्ध गराउँछ ।’ मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवारले भने ।

मोबाइल प्रयोगकर्ताले मेरो सुरक्षाको मोबाइल एप तथा वेबसाइटबाट सिधै मेरो सरक्षा प्रोटेक्सन प्लान खरीद गरी मोबाइलको बीमा गराउन सक्छन् । सेवा सुरु गरेको छोटो समयमा नै सेवाग्राही माझ लोकप्रिय बनेको मोबाइल प्रोटेक्सन प्लान २५ हजार बढीले खरिद गरिसकेका छन् भने मेरो सुरक्षाको मोबाइल एप ४० हजारभन्दा बढी डाउनलोड भैसकेको छ ।

सोही कार्यक्रममा महानायक राजेश हमाल मेरो सुरक्षाको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् । ब्राण्ड एम्बेसडर नियुक्त भएका हमालले मेरो सुरक्षा नेपालको सन्दर्भमा फरक किसिमको सेवा भएको भन्दै यसबाट आम मोबाइल प्रयोगकर्ताले आफ्नो मोबाइलको सुरक्षा गर्न सक्ने बताए । मोबाइल फुट्ने, हराउने वा चोरी हुने, जस्ता समस्या समाधानका लागि मेरो सुरक्षाको प्रोटेक्सन प्लानले दिने बीमा योजना उत्तम विकल्प हुने हमालको भनाई थियो ।

राजधानीका ४ सय बढी मोबाइल आउटलेटबाट मोबाइल किन्दा मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानबाट बीमा योजनामा सहभागि हुन सकिने मेरो सुरक्षाले जनाएको छ । दशैं पछि राजधानी बाहिरबाट पनि मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानबाट बीमा योजना सुरु हुनेछ ।

मोबाइल प्रोटेक्सन प्लान लिनका लागि प्रत्येक वर्ष मोबाइलको खरिद मूल्यको ५ प्रतिशत रकम भुक्तान गर्नु पर्ने हुन्छ । यसका साथै सेवाग्राहीले मोबाइल किनेर मेरो सुरक्षा एप डाउनलोड गरी सिधै मोबाइलको बीमा गराउन सक्छन् । यसरी मोबाइलको बीमा गर्दा लाग्ने शुल्क खल्ती, आई पेका साथै १५ वाणिज्य बैंकका अनलाइन बैंकिंगबाट भुक्तान गर्न सकिन्छ ।

मेरो सुरक्षाले दशैं, तिहारको अवसरमा मोबाइल प्रोटेक्सन प्लानमा सहभागि हुनेहरुलाई एक लाख रुपैंयाको निशुल््क दुर्घटना बीमा उपलब्ध गराउने जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?