+
+
Shares

घर खोज्दै भारतबाट फर्किएका १० वर्षका बालक बालगृहमा

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २ गते १२:४८

२ असोज, मोरङ । आफ्नो घर खोज्दै भारतबाट १० वर्षका बालक विराटनगर आइपुगेका छन् । नाम सुमन जोगी बताउने बालक रेल मार्ग हुदै विराटनगरसम्म आइपुगेका हुन् ।

सोमबार नेपाल भारत सीमा क्षेत्रमा पाइन्ट, गन्जी र खाली खुट्टामा देखिएका बालकलाई सोधीखोजी गर्दा नेपालस्थित घर हिँडेको बताएका थिए । तर उनलाई आफ्नो ठेगाना थाहा छैन । ठेगाना भन्न नसकेकाले उनलाई अभिभावकको जिम्मा लगाउन समस्या देखिएको छ ।

उनले आफ्नो नाम सुमन जोगी, बाबुको नाम कृष्णकुमार जोगी, आमा मनलक्ष्मी, दाजुको नाम भुवन बताएका छन् । आफ्नो घर भीरको छेउमा रहेको बताउने उनी भारतमा प्रभात सिंह भन्ने मान्छेको घरमा झाडु लगाउने काम गरेको बताए । भारतबाट अपरिचित व्यक्तिले रेलको बाटो हुँदै नेपाल ल्याएर छाडिदिएको बालक सुमन जोगी बताउँछन् ।

हिन्दी र नेपाली भाषा मिसाएर बोल्ने सुमनलाई विराटनगरस्थित बाल सुधार गृहको संरक्षणमा पठाइएको इलाका प्रहरी कार्यालय रानीका निरीक्षक सन्तोस निरौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?