Comments Add Comment

सहिद स्मारक ए डिभिजन लिगको टाइटल स्पोन्सरमा पल्सर

३ असोज, काठमाडौं । ‘पल्सर’ ले नेपालको सबैभन्दा चर्चित तथा प्रतिष्ठित फुटबल लिग सहिद स्मारक ए डिभिजन लिगको टाइटल स्पोन्सरको सम्झौता गरेको छ । कम्पनीका प्रवन्ध निर्देशक शेखर गोल्छा र अखिल नेपाल फुटवल संघबाट बजार व्यवस्थापनको जिम्मेवारी पाएको रामसार मिडियाका प्रबन्ध निर्देशक राज हुमागाईबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार पल्सर आगामी तिन बर्ष सम्मका लागि सो लिगमा अनुबन्ध हुनेछ । एचएच बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने,’हामीले नेपालकै प्रतिष्ठित फुटबल लिग सहिद स्मारक ए डिभिजन लिगसँग सहकार्य गर्न पाएकोमा गौरवान्भित महशुस गरेका छाैं, साथै देशकै प्रतिष्ठित लिगको मुख्य प्रायोजकको रुपमा साझेदार हुन पाएकोमा अत्यन्त खुसी पनि छाैं ।’

उनले थपे,’हामीले सधै खेलकुदमा युवाहरुलाइ प्रोत्साहित गर्नुका साथै सहयोग समेत प्रदान गर्दै आएका छौ । हाम्रो यो सहकार्यको मुख्य उद्देश्य भनेको नेपाली युवा तथा नेपाली खेलकुद क्षेत्रलाइ अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने रहेको छ । यससँगै हामीले बिभिन्न अर्वाड कार्यक्रम मार्फत सहभागीता जनाइरहेका छाँ,ै जसमध्ये पल्सर स्पोर्टस् अर्वाड एक उत्कृष्ट अर्वाड अन्तर्गत पर्दछ । आगामी दिनहरुमा लिगलाइ उक्तरोत्तर प्रगतिको लागि शुभकामना समेत प्रदान गर्दछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment