Comments Add Comment

एसियन च्याम्पियनसीप खेल्ने राष्ट्रिय टोली भारत प्रस्थान

४ असोज, मोरङ । एसियन स्कुल यू-१८ च्याम्पीयनसिप प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय टोली बिहीबार भारत प्रस्थान गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य रुपेश अधिकारीका अनुसार प्रशिक्षक, व्यवस्थापक, अफिसियल, रेफ्री सहितका खेलाडी टोली पूर्वको काँकडभित्ता नाका हुँदै भारत प्रस्थान गरेको हो । टिम बागडोरा बिमानस्थल हुँदै आग्रा पुग्नेछ ।

प्रतियोगितामा ८ वटा देशले सहभागिता जनाउनेछ । समूह ‘ए’ मा रहेको नेपालले थाइल्याण्ड, इन्डोनेशिया र चीनसंग प्रतिष्पर्धा गर्नेछ भने समूह ‘बी’ मा आयोजक राष्ट्र भारत, श्रीलंका, दक्षिण कोरिया र मलेसिया छन् ।

नेपालले ७ गते थाइल्याण्डसँग खेल्ने छ । मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले टोलीले जित्नकै लागि खेल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment