Comments Add Comment

सरकार चिनी व्यापारीको चक्रव्युहमा फँस्याेः हृदयस त्रिपाठी

४ असोज, काठमाडौं । सांसद हृदयस त्रिपाठीले सरकार चिनी व्यापारीको चक्रव्युहमा फँसेको टिप्पणी गरेका छन् ।

विहिबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै त्रिपाठीले व्यापारीको चक्रव्युहमा फँसेर सरकारले चिनीको आयातमा कोटा तोकेको आरोप लगाए ।

विदेशबाट चिनी आयात गर्ने व्यापारीले चिनी स्टक गरिसकेको र दशैंमा मूल्यवृद्धि गर्ने रणनीतिका साथ आयातमा कोटा तोकिएको उनको भनाइ छ ।

‘विदेशबाट चिनी आयात गर्ने व्यापारीको चक्रव्युहमा सरकार फँसे जस्तो छ, आउँदो दशैंमा चिनीको मूल्य अप्रत्यासित रुपमा बढाउने प्रपञ्च व्यापारी र चिनी कारखानाहरुले गरिरहेका छन्’, उनले भने ।
चिनी उद्योगहरु र व्यापारीले विदेशबाट सस्तोमा चिनी ल्याएर स्टक गरिसकेकाले मूल्य बढाउने योजना बनाईरहेको उनको दावी छ ।

‘चिनी मील मालिकहरुको कर्तुत र तीनैका व्यापारिक संस्थाहरुले विदेशबाट सस्तोमा चिनी ल्याएर राखेका छन्, ती पर्खिरहेका छन, अब दशैं कहिले आउँछ’, उनले भने ।
दशैंमा चिनीको मूल्यवृद्धि हुनुभन्दा अगाडि नै सरकार सचेत हुनुपर्नेमा उनको जोड छ ।

चिनीमा कालोबजारी हुन नदिनसरकार मातहतका निकाय चनाखो भएर तयारी अवस्थामा बस्नुपर्ने उनले बताए । नत्र दशैंमा उपभोक्ताले चिनी प्रतिकिलो ८० रुपैयाँभन्दा पनि बढीमा खरिद गर्नुपर्ने अवस्था आउने उनको दावी छ ।

सरकारले यो वर्ष विदेशबाट एक लाख मेटि्रक टन मात्रै चिनी आयात निर्णय गरेपछि अालाेचना हुँदै अाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment