Comments Add Comment

निर्माण व्यवसायीको कार्टेलिङ अस्वीकार्यः प्रधानमन्त्री

४ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण व्यवसायमा एकाधिकार (कार्टेलिङ) स्वीकार्य नहुने बताएका छन् ।

व्यवसायीले समयमा काम गर्न नसक्ने औचित्वपूर्ण अवस्था भएमा सम्झौता अवधि बढाउन सकिने तर क्षमताभन्दा बढी काम ओगटेर काम नगर्ने कम्पनीका लागि पटकपटक म्याद नथप्ने बताए ।

नेपाल निर्माण व्यवसायी महासंघको २० औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गुणस्तरीय र कानूनसम्मत रुपमा काम गर्न आग्रह गरे । जानीजानी कम गुणस्तर वा कम मात्राको सामग्री राखेर निर्माण गरी अनुचित लाभ लिन खोजेमा कारवाही गर्ने उनले बताए ।

आर्थिक अवस्थाअनुसार कम खर्चमा बढी उत्पादन र प्रतिफल हुने गरी काम गर्नुपर्ने भन्दै उनले निर्माण व्यवसायीलाई समयमा गुणस्तरीय काम गरेर आफ्नो छवि राम्रो राख्न पनि आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले विगतका कमिकमजोरी पनि समीक्षा गर्न र आगामी बाटोको संकल्प गर्न आग्रह गर्दै आर्थिक समृद्धिका लागि सरकार निर्माण व्यावसायीको साथमा रहेको बताए । मुलुकी अपराध संहिता व्यावसयीको रक्षाका लागि आएको भन्दै उनले त्यसमा भएका कमजोरी सच्याइने बताए ।

मुलुकी संहिता बनाउने बेला सबैको ध्यान चुनावमा रहेको स्मरण गर्दै उनले भने, उनले भने, ‘मलाई लाग्छ त्यो बेलाको सरकारको पनि एन ल्याउदा गलत नियत राख्नु भएको थिएन । अहिलेको सरकारको पनि कुनै गलत नियत छैन । केही कमिकमजोरी भएको भए संशोधन गर्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment