Comments Add Comment

रिलिज डेट तय गर्दै ‘छक्का पन्जा ३’को ट्रेलर रिलिज

चलचित्र ‘छक्का पन्जा ३’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको ट्रेलरसँगै यसको प्रदर्शन मिति पनि तय गरिएको हो । यो चलचित्र अब दशैको पहिलो दिन घटस्थापनाबाट रिलिज हुने भएको छ । यो चलचित्रसँग जुध्ने भनेर प्रचार गरिएको चलचित्र ‘जय भोले’ भने फूलपातिबाट रिलिज हुने भएको हो ।

चलचित्रको सार्वजनिक ट्रेलरका कमेडी र बिषयवस्तुलाई देखाइएको छ । मुख्य कलाकारहरु दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ, किरण केसी, लक्ष्मी गिरी लगायतको कमेडीलाई ट्रेलरमा स्थान दिइएको छ ।

दिपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायांनकन, अर्जुन पोखरेल र दिपक शर्माको संगीत छ । चलचित्रको ट्रेलर अनुसार, यसले विद्यालयमा हुने गरेको राजनीतिलाई उठान गरेको छ । निर्माता तथा कलाकार दिपकराज गिरीले यसपटक आफूहरुले ट्रेलरमा बिषयवस्तुलाई खुलाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment