Comments Add Comment

कार्डिफमाथि म्यानचेष्टर सिटीको शानदार जित

काठमाडौं । म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा कार्डिफ सिटीमाथि शानदार जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा सिटीले कार्डिफलाई ५–० गोल अन्तरले हराएको हो ।

कार्डिफको घरेलु मैदानमा भएको खेलमा सिटीले ३२ औं मिनेटमा सर्जिओ एग्युरोको गोलबाछ अग्रता लिएको थियो । त्यसका तीन मिनेटपछि नै बर्नान्डो सिल्भाले गोल गरे ।

खेलको ४४ औं मिनेटमा गुन्डोगनले गोल गरेपछि पहिलो हाफमा सिटी ३–० ले अगाडि रह्यो । दोस्रो हाफमा भने रियाद महरेज चम्किए ।

खेलको ६१ औं मिनेटमा एग्युरोको स्थानमा मैदान प्रवेश गरेका उनले ६७ र ८९ औं मिनेटमा गोल गर्दै सिटीलाई ५–० को फराकिलो जित दिलाए ।

जितसँगै म्यानचेष्टर सिटी ६ खेलबाट १६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।

०००

प्रिमियर लिगमा लिभरपुलको अर्को जित
६ असोज, काठमाडौं । साउथ ह्याम्पटनलाई पराजित गर्दै लिभरपुलले प्रिमियर लिगमा लगातार छैटौं जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा लिभरपुलले साउथ ह्याम्पटनलाई ३–० ले हराएको हो ।
एन्फिल्डमा भएको खेलमा लिभरपुलले अग्रता भने उपहार गोलबाट लिएको थियो । राकिरीको क्रस शेन लङ हुँदै वेस्ले होड्टसँग ठोक्किएर आत्मघाती गोल बन्यो ।
खेलको २१ औं मिनेटमा जोन माटिपले लिभरपुलले अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी टाइममा मोहम्मद सहालले गोल गरे ।
दोस्रो हाफमा भने साउथह्याम्पटनले सुधारिएको खेल प्रदर्शन ग¥यो तर, घरेलु टोलीविरुद्ध गोल फर्काउन सकेन ।
जितसँगै लिभरपुल १८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment