Comments Add Comment

बर्षाकाे दुब्लाएपछिको हाँसो

नायिका बर्षा राउतलाई अब मोटी भन्ने कम भएका छन् । केही समयदेखि उनले गरेको मिहिनेतले उनलाई फिट देखाएको छ ।
यसैले, हिजोआज बर्षाको मुस्कान पनि फेरिएको छ ।

एक कार्यक्रममा भेटिएकी बर्षा, कुर्ता सुरुवालमा आकर्षक देखिइन् । उनले दुब्लाउनुको रहस्यबारे भनिन्-‘जात्रै जात्रा’का लागि पनि म दुब्लाएकी हुँ । साथमा आफ्नै फिटनेशका लागि त छदै छ ।’

तौल कम भएपछि उनलाई अहिले जुन पहिरन लगाएपनि सुहाउन थालेको छ । निलो कुर्ता र सेतो सुरुवालमा भेटिएकी बर्षाले, आफूलाई यस्तो पहिरन मनपर्ने बताइन् ।

चलचित्रमा डिमाण्डेड रहेकी नायिकाको हातमा आधा दर्जन प्रोजेक्ट छन् । उनी, सेड्यूल मिलाएर सबैमा काम गर्ने बताउँछिन् । हालै ‘गोपी’को छायांकन सकेकी उनी चाडै नै ‘जात्रै जात्रा’मा व्यस्त हुनेछिन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment