Comments Add Comment

ला लिगा अमेरिकामा खेलाउने योजना अस्वीकार्यः रियल मड्रिड

काठमाडौं । रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिना पेरेजले ला लिगाका खेल अमेरिकामा खेलाउने योजना अस्वीकार गरेका छन् ।

ला लिगाले अमेरिकी मिडिया कम्पनी रेलेभेन्टसँग १५ वर्षे सम्झौता गरेको छ, जसअनुसार सिजनको एक खेल अमेरिकामा हुनेछ । तर, स्पेनिस फुटबल महासंघ र खेलाडी संघ दुबैले यो योजनाको आलोचना गर्दै आएका छन् ।

रियल मड्रिडका अध्यक्ष पेरेजले यो क्लब र समर्थकको हितमा नभएको बताएका छन् । ‘हामी अमेरिका जाँदैनौं’ उनले भने, ‘मलाई थाहा छैन कसको स्वास्र्थ छ तर, यो क्लब र फ्यानको हितमा छैन । यसलाई हामी तत्काल अस्वीकार गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment