+
+
Shares

पाँच वर्षपछि टाइगर उड्सको पहिलो जित

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ८ गते १२:१४

काठमाडौं । गल्फ सुपरस्टार टाइगर उड्सले सिजनको अन्त्यमा आयोजित टुर च्याम्पियनसीप दुई सटले जितेका छन् । पाँच वर्षयताको यो उनको पहिलो जित हो ।

४२ वर्षीय अमेरिकी खेलाडीले आफ्नो ८० औ पीजीए टुर टाइटलका लागि एटलान्टामा एक ओभर ७१ सट खेले । मेरुदण्डको सर्जरीपछि एक वर्षअगाडि ११९९ विश्व वरियतामा रहेका उड्सका लागि यो महत्वपूर्ण उपलब्धी हो ।

ईंग्ल्यान्डका विश्व नम्बर एक जस्टिन रोजले चौंथो स्थान हासिल गरेर समग्र फेड एक्स कप सुरक्षित गरेका छन् । रोजले १ करोड डलरको बोनस जित्नलाई टप फाइभमा आउनु आवश्यक थियो ।

१४ पटकका च्याम्पियन उड्सको अन्तिम प्रतियोगिता जित सन् २०१३ को अगष्टमा डब्लुजीसी बि्रजस्टोन इन्भिटेसनलमा भएको थियो ।

‘मैले निकै संघर्ष गर्नुपर्‍यो,’ खेलपछि वुड्सले भने, ‘प्रत्यक क्षणमा मैले निकै इन्जोई गरेँ ।’

उनले थपे, ‘वर्षको सुरुमा यो निकै चुनौतिपूर्ण थियो, तर, वर्ष अगाडि बढ्दै जाँदा मैले प्रमाणित गरेँ कि म खेल्न सक्छु । र, मलाई थाहा छ म फेरि पनि खेल्न सक्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?