Comments Add Comment

एमओयूको मस्यौदा टुंग्याउन नेपाली टोली मलेसिया जाँदै

८ असोज, काठमाडौं । कामदार आपूर्तिबारेको समस्या हटाउने गरी मलेसियासँग औपचारिक वार्ता हुने भएको छ । यसका लागि नेपाली टोली मलेसियाको राजधानी क्वाललम्पुर जाने भएको छ ।

श्रम तथा रोजगार मन्त्रालय, परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयका सहसचिवको संयुक्त टोली मलेसिया जान लागेको हो । टोलीले असोज १२ गते मलेसियली मानव संशाधन र गृह मन्त्रालयका अधिकारीसँग वार्ता गर्नेछ ।

यो वार्ताबाट मलेसियासँग हुने भनिएको एमओयूको मस्यौदा फाइनल गरिने श्रम मन्त्रालयका एक अधिकारीले बताए । मलेसियाले नेपाली कामदार लैजानेबारे एमओयू गर्न प्रस्ताव गरेको छ । यसबारे नेपाल र मलेसियाबीच ३ पटकसम्म मस्यौदा आदान-प्रदान भएको छ ।

तर, अझै पनि विभिन्न विषयमा सहमति जुट्न बाँकी छ । तिनै सहमति जुट्न बाँकी बुँदाहरुमा ‘टेबल टल्क’ गर्ने गरी नेपाली टोली मलेसिया जान लागेको हो ।

नेपालले २४ घण्टे बीमा र सबै खर्च रोजगारदाताले नै ब्यहोर्ने विषयलाई आफ्नो बटमलाइन बनाएर छलफल चलाइरहेको छ । तर, मलेसिया यसमा सहमत छैन ।

नेपालले उठाएको भिसा प्रक्रियामा स्थापित अवैध संयन्त्र खारेजीबारे मलेसिया सरकार छलफलमै छ । मन्त्रीले तत्कालका लागि नेपालबाट आउने कामदार सरकारी तवर (जीटुजी)बाटै ल्याउने प्रस्ताव मन्त्रिपरिषदमा राखेका छन् ।

भिसा प्रक्रियाका लागि मलेसिया सरकारले विभिन्न संयन्त्र खडा गरेको थियो, जसलाई नेपालले अवैध बनेको छ । त्यसलाई खारेज नगरेसम्म कामदार नै नपठाउने निर्णय नेपाल सरकारले लिएपछि मलेसिया सरकार दबावमा छ ।

मलेसिया सरकारसँग मिलेर खडा गरिएका भीएलएन, जीएससी, वान स्टप सेन्टर लगायतका नाममा नेपाली कामदारमाथि झण्डै १९ हजार अतिरिक्त शुल्क लिइन्छ ।

नेपाल सरकारले कामदारलाई ठग्दै हुने भिसा प्रक्रिया बन्द नगरेसम्म नेपाली कामदार नपठाउने निर्णय लिएपछि मलेसियाले बिचौलिया संयन्त्र हटाउन प्रक्रिया थालिने बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment