Comments Add Comment

रोजगार संयोजकको जागीर खुल्यो, चैत ९ गतेसम्म आवेदन सकिने

३० फागुन,काठमाडौं । सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत रिक्त स्थानमा पुनः रोजगार संयोजकको आवेदन माग गरेको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ स्थानीय तह मध्ये छनोट हुन नसकेका २ सय ६८ स्थानका लागि आवेदन खुला गरेको हो ।

आइतबार एक सूचना जारी गरी मन्त्रालयले आउँदो चैत ९ गते भित्र आवेदन दिन आहृवान गरेको छ ।  रोजगार संयोजक बन्न इच्छुकले प्रधानमन्त्री रोजगार कार्यक्रमको आधिकारिक वेबसाइट www.pmep.gov.np मा गएर अनलाइन फारम भर्न सक्नेछन् ।

करार सेवाका लागि पहिलो चरणबाट छनोट हुन नसकेका स्थानीय तहमा २ सय ४९ शाखा अधिकृत र १९ नायब सुब्बा तहका रोजगार संयोजक माग गरिएको छ ।

जस अन्तर्गत प्रदेश नम्बर १ मा ६६ शाखा अधिकृत र ५ नासु, प्रदेश नम्बर २ मा ४५ शाखा अधिकृत, प्रदेश नम्बर ३ मा ३१ शाखा अधिकृत र एक नासु, गण्डकी प्रदेशमा १४ शाखा अधिकृत र एक नासु, कर्णाली प्रदेशमा ४३ अधिकृत र ११ नासु तथा सुदूरपश्चिम प्रदेशमा ५० अधिकृत र एक नासु पदपूर्तिका लागि आवेदन माग गरिएको छ ।

१० हजार भन्दा कम जनसंख्या भएका स्थानीय तहहरुमा नायव सुब्बा सो सरहको र १० हजार माथि जनसंख्या भएका स्थानीय तहहरुमा शाखा अधिकृत सो सरहको अस्थायी कर्मचारी भर्ना गर्ने तयारी छ ।

यसरी नियुक्त भएका कर्मचारीले सम्बन्धित पालिकाको प्रमुख प्रशासकीय अधिकृतको अधिनमा रहेर रोजगार सेवा केन्द्र सञ्चालन गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।

रोजगार संयोजकको स्वीकृत अस्थायी दरबन्दीमा मन्त्रालयले एक वर्षमा लागि प्रदेशगत रुपमा खुला प्रतिष्पर्धाद्वारा करारमा पदपुर्ति गरी स्थानीय तहमा खटाउनेछ ।

रोजगार संयोजक नियुक्तिको परीक्षा पूर्ण रुपमा स्वतन्त्र र निष्पक्ष बनाउन दोस्रो चरणमा पनि सˆटवेयरको प्रयोग गरिने मन्त्रालयले जानकारी दिएको छ ।

निष्पक्ष बनाउनका लागि मन्त्रालयले तोकिएको न्युनतम् शैक्षिक योग्यताको लब्धांक प्रतिशतवापत ७० प्रतिशत, न्युनतम् भन्दा माथिको शैक्षिक योग्यता बापत २० र अनुभवको प्रमाणपत्रका आधारमा अंक १० गरी सफ्टवेयरले कर्मचारी छनोट गर्नेछ ।

नायव सुब्बा सो सरहका लागि प्रविणता प्रमाण पत्र तह (प्लस टू) र शाखा अधिकृत स्वसरहका लागि स्नातक तह उतिर्ण हुनुपर्ने गरी न्युनतम शैक्षिक योग्यता तोकिएको छ भने २१ वर्ष पुरा भई ४५ ननाघेको हुनु पर्ने गरी उमेर हद तोकिएको छ ।

हेर्नुहोस् सूचना :

संयोजकको सेवा सुविधा भने निजामति कर्मचारी सो सरह र सम्बन्धीत स्थानीय तहमा सरकारले तोके अनुसारको भत्ता दिने मन्त्रालयले जनाएको छ ।

गत पुसमा मन्त्रालयले ७५३ स्थानीय तहमा रहेर कामकाज गर्ने गरी विद्युतीय माध्यमबाट परीक्षा लिएकोमा २६८ स्थानीय तहमा रोजगार संयोजक छनोट हुन सकेका थिएनन् ।

पहिलो चरणमा २३ हजार ९ सय ६८ जनाको आवेदन परेपनि जम्मा ४ सय ८५ जना मात्र उर्तिण भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment